कोशी ब्यारेजमा पानीको यो वर्षकै उच्च बहाव, ५६ ढोका खोलियो

सप्तरी - पहाडी क्षेत्रमा लगातार भइरहेको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका सबै ५६ ढोका खोलिएको छ ।

कोशी नदीमा आएको बाढीसँगै कोशी ब्यारेजमा बहाव पनि बढेको हो । आज बिहान ९ बजेको मापन अनुसार कोसी ब्यारेज हुँदै प्रतिसेकेन्ड ४ लाख ४९ हजार ६ सय ८० क्यूसेक बहाव रहेको नियन्त्रण कक्षले जनाएको छ । यो बहाव यस वर्षकै उच्च रहेको हो ।

कोशी नियन्त्रण कक्षका जिम्मेवारी सम्हाल्दै आएका माथिल्लो निकाय जल संसाधन विभाग पटना बिहारले आज ६ लाख ८१ हजार क्युसेकसम्म बहाव कोसीमा हुन सक्ने भनी सतर्क गराएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics