बीपी राजमार्ग आजदेखि खुल्ने

काठमाडौं – बीपी राजमार्ग आजदेखि खुल्ने भएको छ । काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने यो छोटो राजमार्गका रूपमा रहेको छ ।

असोजको १०, ११ र १२ गतेको बाढीपहिरोले वीपी राजमार्गको १२ किलोमिटर भन्दा धेरै भाग बगाएको थियो । आजदेखि कतै एकतर्फी र कतै दुईतर्फी नै राजमार्ग खुल्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिए ।

देशका अरु ठाउँमा सडक खुलाएपछि सबैजसो मेसिन र जनशक्ति बीपी राजमार्ग खुलाउन परिचालन गरिएको सचिव शर्माले बताए ।

केही मेसिन भाडामा पनि लिइएको उनले बताए । धेरैजसो ठाउँमा खोला फर्काएर र बगरमा सडक बनाइएको छ । पूर्वी नेपालसँग जोड्न बीपी राजमार्ग निकै महत्त्वपूर्ण भएकाले यो सडक खुलाउन डेडिकेटेड टिम नै खटाइएको सचिव शर्माले जानकारी दिए

काठमाडाैं र पूर्वी नेपाल जोड्ने बीपी राजमार्गबाट दैनिक १० हजार वटा गाडी आउजाउ गर्थे । यो सडक पहिरोले अवरुद्ध भएपछि दशैँमा आउजाउ गर्ने यात्रुले धेरै दुख पाएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics