इन्टरनेशनल एशोसिएशन फर आर्टस् एण्ड कल्चर फर पीसको अध्यक्षमा डा. सङ्गीता ‘स्वेच्छा’

काठमाडौं – साहित्यकार एवं सञ्चारकर्मी डा. सङ्गीता श्रेष्ठ ‘स्वेच्छा’ इन्टरनेशनल एशोसिएशन फर आर्टस् एण्ड कल्चर फर पिस (आइएएसीपी) को अध्यक्ष नियुक्त भएकी छिन् ।

युनिभर्सल पिस फेडरेशन अन्तर्गत सञ्चालनमा रहेको यो संस्था एउटा विश्वव्यापी संजाल हो जसले संगीत, नृत्य, चित्रकला, फिल्म र साहित्यजस्ता विभिन्न कलात्मक अभिव्यक्तिमार्फत शान्ति र एकता प्रवर्द्धन गर्ने प्रतिबद्धता राख्छ ।

डा. श्रेष्ठले यसको लक्षलाई अघि बढाउन कलाकारहरू, सांस्कृतिक नेताहरू र दूरदर्शी व्यक्तित्वहरूको अन्तर्राष्ट्रिय समुदायको नेतृत्व गर्ने बताइन् । भनिन्, ‘सहकार्य र सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्दै विश्वव्यापी शान्ति प्रवर्द्धन गर्ने लक्ष्य लिएकी छु ।’

नियुक्तिबारे प्रतिक्रिया दिँदै युनिभर्सल पिस फेडरेशन बेलायतका महासचिव रोबिन मार्शले डा. श्रेष्ठ जस्तो व्यक्तित्वको नेतृत्वमा यो महत्वपूर्ण पहललाई अघि बढाउन पाउँदा खुशी लागेको बताए ।

डा. श्रेष्ठलाई युनिभर्सल पिस फेडरेशनद्वारा सन् २०२३ डिसेम्बरमा ‘एम्बेसडर फर पिस’ अवार्डबाट लण्डनमा सम्मानित गरिएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics