काठमाडौंमा वायुको गुणस्तर स्तर खस्कियो, दिल्लीको ‘अत्यन्तै खराब’

फाइल फोटो ।

काठमाडौं । जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणको समस्या देखिन थालेको छ । काठमाडौंको वायुको गुणस्तर दैनिक बिग्रँदो छ ।

सोमबार बिहान ९ बजेको मापन अनुसार वायुको गुणस्तर सूचकाङ्क १४८ रहेको छ । काठमाडौँ विश्वको आठौँ प्रदूषित सहरको रूपमा रहेको छ ।

उता भारतको राजधानी दिल्लीमा फेरि एकपटक वायुको गुणस्तर स्तर ‘अत्यन्तै खराब’ को श्रेणीमा रेकर्ड गरिएको छ । राजधानी दिल्लीमा हरेक वर्ष जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणको समस्या देखिने गरेको छ ।

सोमबार दिल्लीका अधिकांश ठाउँमा वायुको गुणस्तर सूचकाङ्क २५० भन्दा माथि थियो । जुन ’खराब’ को श्रेणीमा पर्छ ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डको वेबसाइटका अनुसार आनन्द विहारसहित दिल्लीका केही क्षेत्रहरूमा प्रदूषण स्तर ३ सय माथि थियो, जुन ’धेरै खराब’ श्रेणीमा पर्दछ ।

आनन्द विहारमा वायु गुणस्तर सूचकाङ्क ३५० भन्दा माथि रेकर्ड गरिएको थियो । दिल्लीका मुख्यमन्त्री आतिशीले राज्यका वातावरणमन्त्री गोपाल राईसँगै आइतबार आनन्द विहारको पनि भ्रमण गरेका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics