चिडियाखानामा ब्याक्टेरियाको प्रकोप, १२ बाँदर मरे

हङकङ - हङकङको एउटा चिडियाखानामा ब्याक्टेरियल संक्रमणका कारण धमाधम बाँदर मरिरहेका छन् । विगत १० दिनमा १२ वटा बादर मरेको समाचारमा उल्लेख छ ।

डी ब्राज्जा जातको बाँदरलाई १३ अक्टोबरदेखि आइसोलेशनमा राखिएको थियो । चिडियाखानामा आठौँ बाँदरको मृत्यु भएपछि यस बाँदरलाई छुट्टै राख्न थालिएको थियो ।

बाँदरलाई थुनेर राखेको ठाउँ नजिकैको माटो खन्ने क्रममा कामदारहरूको जुत्तामा सङ्क्रमित माटो टाँसिएर आएको हङकङको संस्कृति, खेल तथा पर्यटन सचिवलयले स्थानीय टिभी च्यानल आरटीएचकेलाई बताएको छ ।

अहिले यो सङ्क्रमण मानवमा फैलिने जोखिम निकै कम भएको हङकङ विश्वविद्यालयका पशु महामारी विज्ञ डिर्क फेइफरले बताएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics