डा. सापकोटा सहसचिवमा बढुवा
- नेचर खबर
काठमाडौं - पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश अन्तर्गत वन निर्देशनालय धरान सुनसरीका कायममुकायम वन निर्देशक डा. इन्द्र सापकोटा सहसचिवमा बढुवा भएका छन् ।
बिहीबार प्रदेश लोकसेवा आयोगले सापकोटालाई बढुवाको निर्णय गरेको हो । सापकोटासँग लामो समय विभिन्न जिल्लामा जिल्ला वन अधिकृत तथा संघीय मन्त्रालयको नीति निर्माणको तहमा काम गरेको अनुभव छ ।
उनी यसअघि डिभिजन वन कार्यालय गाईघाटमा प्रमुखको रुपमा रहेका थिए ।
प्रतिक्रिया दिनुहोस