हरित जलवायु कोषबारे छलफल

काठमाडौं : हरित जलवायु कोषमा प्रत्यक्ष पहुँच भएका तथा विभिन्न रुपमा अनुबन्धित संस्थाहरुसँग वन तथा वातावरण मन्त्रालयले छफल गरेको छ । कोषसँगको सहकार्य तथा अन्य प्रकृयामा भोग्नुपरेका समस्या तथा सहजीकरणका लागि छलफल आयोजना गरेको मन्त्रालयले जनाएको छ ।

छलफलमा वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले नेपालमा जलवायु कार्यहरू कार्यान्वयन गर्न हरित जलवायु कोष र अनुकूलन कोषमा पहुँच सहज र व्यापक बनाउने उद्देश्यले छलफल आयोजना गरेको जानकारी दिए । उनले प्रकृयामा रहेका परियोजनाहरू र कोष प्रस्तावहरूको स्थितिबारे छलफल गरी सहजीकरणमा मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

नेपालमा हरित जलवायु कोष जीइएफमा मान्यता प्राप्त तीन प्रत्यक्ष पहुँच संस्थाहरू वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल, र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड छन् । यसका साथै, राष्ट्रिय प्रकृति संरक्षण कोष, अनुकूलन कोषमा पनि मान्यता प्राप्त छ । दुवैमा मान्यता प्राप्त गर्ने प्रक्रियामा केही अन्य एजेन्सीहरू छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics