जेनजी आन्दोलनको नाममा १८३ वटा सालको रुख काटियो

जेनजी आन्दोलनको नाममा बर्दिबासमा १८३ वटा सालको रुख कटान भएको छ। बर्दिबास नगरपालिका ५ टुटेश्वरस्थित टुटेश्वरनाथ साझेदारी वन उपभोक्ता समिति मातहत रहेको १८३ वटा सालको रुख कटान गरिएको समाचार अनलाइन खबरले प्रकाशित गरेको छ ।

समाचारमा भनिएको छ, उपभोक्ता समितिका अध्यक्ष विनय झाका अनुसार जेनजी आन्दोलनको दिन दिउँसै कार्यालयमा पुगेर युवाहरुले आगजनी प्रयास गरेका थिए। कार्यालयमा आगजनी प्रयास असफल भएपछि उनीहरु दिउँसै १८ वटा सालको रुख काटेका थिए। त्यसको भोलिपल्ट बुधबार थप १६५ वटा सालको रुख काटेका थिए।

प्रहरीले बुधबार रुख काटनामा संलग्न कृष्ण घलानसहित दुई युवालाई पक्राउ गरेको थियो। तर, गाउँले संयौको संख्यामा पुगेर घेरेपछि प्रहरीले छाडेको थियो।

घटना बारे अनुसन्धान भइरहेको छ । रुख कटनामा संलग्नहरुलाई पक्राउ गरी कारबाही गर्ने माग भइरहेको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics