कर्फ्यू र निषेधाज्ञा हट्याे, बढ्यो चहलपहल
- नेचर खबर

काठमाडौं । चार दिनदेखि नेपाली सेनाले काठमाडौं, ललितपुर, भक्तपुरलगायत देशका विभिन्न जिल्लामा लगाएको कर्फ्यू र निषेधाज्ञा हटेको छ । यससँगै चहलपहल बढेको छ ।
जेनजी आन्दोलनपछि विषम परिस्थितिको कारण देखाउँदै नेपाली सेनाले गएको बुधबारदेखि दैनिक निषेधाज्ञा र कर्फ्यू आदेश जारी गर्दै आएको थियो । तर, सेनाले शुक्रबारयता थप सूचना जारी नगरेपछि आज बिहानैदेखि चहलपहल बढेको हो ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले आज कर्फ्यू र निषेधाज्ञा केही नरहेको बताए । जेनजी आन्दोलनको बलमा अन्तरिम सरकार गठन भएसँगै जनजीवन सामान्य अवस्थामा फर्केको हो ।
शुक्रबार साँझ अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशील कार्की नियुक्त भएकी छन् । उनलाई शुक्रबार राति नै राष्ट्रपतिले शपथ गराइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस