पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ । अविरल वर्षाका कारण काली गण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको करिडोरको बागलुङ खण्डस्थित बागलुङ नगरपालिका-१३ काला खोला बगर र जैमिनी नगरपालिका-८ बेलबगरमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी केशव थापाले जानकारी दिए ।

पहिरोका कारण उक्त खण्डमा यातायात सेवा ठप्प भएको छ । काला खोला छेत्रमा यसअघि पनि पहिरो खसेको थियो । पहिरोका कारण खुलाउन समस्या भइरहेको छ ।

काली गण्डकी करिडोर आयोजना, निर्माण व्यवसायी र बागलुङ नगरपालिकाले वर्षा रोकिएपछि सडक खुलाउन प्रयास गर्ने प्रहरीको भनाइ छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics