गैंडासँग सम्बन्धित मुद्दाका २२ कैदी बन्दी भागे, थपियाे चुनौती

चितवन । चितवन कारागारबाट एकसिंगे गैँडासँग सम्बन्धित मुद्दाका कैदी बन्दी फरार भएपछि संरक्षणमा चुनौती देखिएको छ ।

कारागारमा रहेका सोसम्बन्धी मुद्दाका ४८ कैदीबन्दीमध्ये २६ जना मात्र फर्किएका छन् ।

भदौ २५ गते बिहान भागेका कैदीबन्दीमध्ये हालसम्म ४०९ जना फर्किएका छन् । जसमा २६ जना गैँडासँग सम्बन्धित मुद्दाका हुन् ।

कारागारमा जम्मा ७४४ जना कैदी बन्दी थिए । तीमध्ये दुई जनाबाहेक अरू सबै भागेका थिए ।

कारागारका प्रमुख रवीन्द्रप्रसाद ढुंगानाका अनुसार सबैलाई फर्कन टेलिफोन गरिएको छ । जसमध्ये ६० जना सम्पर्कमा छैनन् ।

गैँडासँग सम्बन्धित कैदी बन्दी भागेपछि चितवन राष्ट्रिय निकुञ्जले सुरक्षा संयन्त्रलाई चुस्त बनाएको छ ।

सूचना अधिकारी अविनाश थापा मगरका अनुसार भागेकाहरूको सूची बनाएर सो क्षेत्रमा निगरानी बढाइएको छ ।

गैँडा तस्करीमा लागेकाहरू पटके समेत भएकाले निकुञ्जले सुरक्षा चुनौतीका रूपमा लिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics