असार सकिदा पनि भक्तपुरमा ४० प्रतिशत खेत बाँझै



असार सकिदासम्म यो वर्ष भक्तपुरमा ६० प्रतिशतमात्र रोपाइँ सकिएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार भक्तपुरमा अझै ४० प्रतिशत जमिनमा रोपाइँ गर्न बाँकी रहेको छ ।

कार्यालयका अनुसार मनसुन कमजोर भई पर्याप्त वर्षा नभएपछि असार सकिए पनि अझै ४० प्रतिशत जमिनमा रोपाइँ गर्न बाँकी भएको हो ।

अघिल्ला वर्षमा असारको अन्तिम साता नै रोपाइँ सकिने भक्तपुरमा यस वर्ष मनसुन कमजोर भई पर्याप्त वर्षा नहुँदा असार सकिए पनि जिल्लामा अझै खेत बाँझो रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्लाको दुई मुख्य खोला मनोहरा र हनुमन्तेका साथै खस्याङ, खुसुङखोला किनारको फाँटमा सिँचाइको सहज सुविधा भएपनि सिरुटार, दधिकोट, गुण्डु, सिपाडोल, ताँथली, सुडाल, नंखेललगायत गाउँमा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता छ । जग्गा प्लटिङ गर्दै बच्ने भएकाले परम्परागत राजकुलो मासिएका छन् । यस कारणले पनि रोपाइँमा असर गरेको कृषक हरुको गुनासो छ ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics