कृषिमा ६ अर्वको क्षति, एक अर्वको राहत प्याकेज !



कृषि विकास मन्त्रालयले बाढी प्रभावित जिल्लाका किसानहरुका लागि एक अर्व २५ करोड रकमको राहत कार्यक्रम प्रस्तावित गरेको छ ।

मन्त्रालयले राहत अन्तर्गत बीउ वितरण, माटोले पुरिएको खेतमा सुधार कार्यक्रम, भत्केका बजार पूर्वाधार मर्मत तथा नयाँ निर्माण, सिंचाई पूर्वाधार, भकारो सुधार, टप ड्रेसिङ्गका लागि युरिया मल र बिषादी वितरण तथा क्लिनिक सञ्चालन कार्यक्रम घोषणा गरेको छ ।

मन्त्रालयले बाढीले पुरिएको र भत्केको पोखरीको मर्मत सुधार, भूरा माछा वितरण, माछापोखरी सुधारको लागि १८ करोड ८७ लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

यस्तै तेलहन र दलहनको बीउ वितरणका लागि एक करोड १८ लाख रुपैयाँ, खेत सुधार कार्यक्रमका लागि ९ करोड २९ लाख, भत्केका बजार पूर्वाधार मर्मत तथा नयाँ निर्माणतर्फ १४ करोड, भकारो सुधारका लागि एक करोड २२ लाख, युरिया मल अनुदानतर्फ ३८ करोड ४० लाख रुपैयाँ बिनियोजन गरेको छ ।

खाद्यान्न तथा बीउ भण्डारणतर्फ १२ करोड ४९ लाख रुपैयाँ बिनियोजन गरिएको छ । तरकारी वेर्ना तथा हाइटेक ग्रिन हाउस निर्माण, तरकारीको वेर्ना वितरण, सिंचाई पूर्वाधारसहितको ग्रिन हाउस निर्माण अनुदान सहयोग कार्यक्रमसमेत समावेश गरिएको छ जसका लागि ११ करोड ३० लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

फलफूल वेर्ना र क्षतिग्रस्त निजी नर्सरी व्यवस्थापन कार्यक्रमका लागि एक करोड १६ लाख रुपैयाँ विनियोजित भएको छ ।

अनुदानमा वीउ वितरणका लागी ५ करोड २२ लाख बिनियोजन गरिएको छ । विग्रेको साना सिंचाई पूर्वाधार मर्मत र वगर खेतीका लागि ७ करोड ८७ लाख तथा विषादी वितरण तथा प्लान्ट क्लिनिकतर्फ एक करोड ५९ लाख बराबरको राहत कार्यक्रम ल्याइएको छ ।

कृषि विकास मन्त्रालयले बाढीपहिरोबाट ३५ जिल्ला प्रभावित भएको १ सय ५७ जनाको मृत्यु भएको, ४३ हजार ४ सय ६ घरहरु पूर्ण रुपमा क्षति भएको २४ हजार ३ सय ३० पशुपन्छीको मृत्यु भएको उल्लेख गर्दै हालसम्म ६ अर्व रुपैयाँको क्षति भएको कृषि विकास मन्त्रालयले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics