कृषि केन्द्रीय संघमा नयाँ नेतृत्व चयन



नेपाल कृषि सहकारी केन्द्रीय संघमा खेमबहादुर पाठकको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ ।

केन्द्रीय संघको दशौ साधरण सभा तथा तेस्रो अधिवेशनले पाठकको नेतृत्वमा १५ सदस्य रहेको नयाँ कार्यसमिति चयन गरेको हो ।

ललितपुरको कुपण्डोलमा भएको अधिवेशनबाट उपाध्यक्षमा मदन दाहाल, सचिवमा हरी पौडेल, कोषाध्यक्षमा गीता केसी निर्वाचित भएका हुन् । यस्तै सदस्यहरुमा पूर्ण शर्मा, मीना ढकाल, पदम रिजाल, नेत्र कार्की, चाँदनी ढकाल, कृष्णवावु श्रेष्ठ, देवकी भण्डारी, शिव अधिकारी, मागेन महतो, देवबहादुर खत्री र नरबहादुर घर्ती मगर निर्वाचीत भएका छन् ।

यसैगरी महेश्वर सुवेदीको संयोजकत्वमा ३ सदस्य रहेको लेखा समिति गठन गरिएको छ ।



नेपाल कृषि सहकारी केन्द्रीय संघमा ७० जिल्लाका ८ सय भन्दा बढि सदस्य संस्था आवद्ध रहेका छन् ।

संघ अन्तरगत अहिले देशभर ३० हजार भन्दा बढि युवाहरुले प्रत्यक्ष रोजगारी पाएका छन् । हजारौ किसानहरुले व्यवसाय सुरु गरेर स्वरोजगार वनेका छन् ।

नव निर्वाचित अध्यक्ष खेमबहादुर पाठकले केन्द्रीय संघलाई देशकै एक नमुना संस्थाका रुपमा स्थापित गराउने प्रतिवद्धता व्यक्त गरे ।

उनले देशमा संघिय संरचना अनुसार संविधानतह सवै अगाडी बढेको सन्दर्भमा नेपाल कृषि सहकारी केन्द्रीय संघलाई पनि संघिय संरचनामा अगाडी बढाइने वताए । अध्यक्ष पाठकले केन्द्रीय संघले आजसम्म साना किसान र कृषि सहकारीमा आवद्ध किसानसंग मिलेर गरेको कामलाई अझै तिव्रता दिँदै अरु किसानहरुलाई पनि लाभ हुने कार्यक्रमहरु सुरु गर्नु आवश्यक रहेको बताए ।

यस अघि भएको उद्घाटन कार्यक्रममा सहकारी तथा गरिवी निवारण मन्त्री अम्विका वस्नेतले देशको अर्थतन्त्रमा कृषि सहकारी र साना किसानहरुको भूमिका महत्वपूर्ण रहेको बताइन् । मन्त्री बस्नेतले सहकारी ऐन सहकारी मैत्री वनेरै आउनेमा विश्वस्त रहन आग्रह गरिन् ।

कार्यक्रममा सांसद एंव राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले सहकारी विरोधी गतिविधी कुनै हालतमा स्वीकार्य नहुने जानकारी दिए । बडालले तिनखम्वे अर्थ नीतिका कुरामात्र हैन काम पनि गरेर देखाउन सरकारलाई आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँड, ओमदेवी मल्ल, एमालेका सांसद पशुपति चौलागाई, माओवादी केन्द्रका सहकारी विभाग प्रमुख, सहकारी तथा गरिबि निवारण सचिव गोपिनाथ मैनाली लगाएतको उपस्थिती रहेको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics