कृषि सामग्री पाएर रमाए चेपाङ
- नेचर खबर

धादिङ बेनीघाट रोराङ गाउँपालिका — १० का चेपाङ समुदायका कृषकहरू कृषि सामग्री पाएर रमाएका छन् ।
चेपाङले समुदायको कृषकको आवश्यकता मध्यनजर गदैं सोमबार डोको नेपाले ६५ घरमा स्प्रे ,कोदालो र स्पिङ्कल वितरण गरेको थियो ।
३२ बर्षिय सुकी माया चेपाङ भनिन, ‘हामी सँग यस भन्दा अघि स्प्रे र स्पिङ्कल थिएन । यसले हामीलाई आफ्नो बारीमा पानी हाल्न सहयोग हुने छ ।’
डोको नेपालका सचिव निरन्जन सुवेदीले यस ठाउँमा आम्दानी बढाउन कृषिको भूमिका महत्वपूर्ण रहने बताए । सुवेदीले भने,‘ विभिन्न मौसम अनुसार खेती गर्दा जीवन स्थर सुधार हन्छ र समाजमा पिछडिएको वर्ग भनेर चिनिने चेपाङहरू अगाडि बढ्न मदत गर्दछ । ’
यस ठाउँमा ६५ घरका चेपाङहरू अहिले काँक्रो र च्याउ सामुदायिक रूपमा खेती गदैं आएका छन् । यस समुदायको सबै जना कृषि क्षेत्रमा आबद्ध रहेका छन् ।
कृषि क्षेत्रबाट लाभ लिनको लागि बीर बहादुर प्रजाको नेतित्वमा पहिलो पटक यस ठाउँमा ३० जनाको कृषि समूह गठन भएको छ। सामुदायिक खेती लागि आवश्यक मल पनि वितरण गरि हाल्न सिकाइएको थियो ।
प्रतिक्रिया दिनुहोस