रसायनिक मल र विषादीकाे विकल्प खाेज्दै बेथानचाेकका कृषकहरू

बेथानचाेक गाउँपालिकाका स्थानीय कृषकहरूले कम्पाेष्ट मल तथा जैविक विषादी बनाउने तालिम लिएका छन् । बेथानचाेक गाउँपालिका, ढुङ्खर्क, काभ्रे; ग्रामिण प्रविधि केन्द्र, भनिमण्डल, ललितपुर र घट्टधनी सङ्घ, काभ्रेले संयुक्त रूपमा अायाेजना गरेकाे साे तालिम असार २ गतेदेखि ४ गतेसम्म बेथानचाेक गाउँपालिकाकाे प्रेक्षालयमा भएकाे थियाे । स्थानीय समुदायकाे क्षमता विकास मार्फत वातावरण संरक्षण सहित सुरक्षित खाद्यान्न उत्पादनका लागि प्राङ्गारिक खेती प्रविधिहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ साे तालिमकाे अायाेजना भएकाे थियाे ।  

जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा परिरहेका नकारात्मक असरहरूका बारेमा स्थानीय समुदायलाई सु–सूचित गरार्इ कृषि क्षेत्रमा स्थानीय अनुकूलन तथा न्यूनिकरणका उपायहरूसम्बन्धी व्यावहारीक ज्ञान तथा सीपहरू हस्तान्तरण गर्नु यस तालिमकाे अर्काे मुख्य उद्देश्य रहेकाे थियाे । घरेलु रूपमा निस्कने, खेर गएका विभिन्न फाेहाेर पदार्थहरू र स्थानीय रूपमा उपलव्ध हुने विभिन्न झारपात, घाँस, स्याउला, अादिकाे प्रयाेग गरी स्थानीय स्तरमै कम्पाेष्ट मल तथा विषादी बनाउने तरिका सहभागीहरूले सिकेका थिए । तालिमकै दाैरान सहभागीहरूले करेसाबारी तथा घरबगैंचा व्यवस्थापन प्रणालीसम्बन्धी सीप तथा ज्ञान पनि हासिल गरेका थिए । अाफ्नाे घर नजिककाे बगैंचा तथा करेसाबारीकाे उचित व्यवस्थापन गरी खाद्य पाेषणमा टेवा पुर्याउनुका साथै बढी भएका कृषि उत्पादनहरू बेचेर अार्थिक लाभ समेत लिन सकिने कुरा सहभागीहरूले जान्ने, बुझ्ने माैका पाएका थिए ।

तालिमकाे व्यावहारिक ज्ञान लिने क्रममा सहभागीहरूले स्थानीय गाेमा तिमिल्सिनाकाे घरबगैंचामै वायाेकम्पाेष्टिङ मल बनाउन र रमा श्रेष्ठकाे घरमा घरेलु जैविक विषादी बनाउन सिकेका थिए । तालिमकाे सहजिकरण कृषिविज्ञ राेशन सुवेदीले गरेका थिए । सैद्धान्तिकका साथै व्यावहारिक ज्ञानमार्फत घरबगैंचा व्यवस्थापनका साथै घरबगैंचाका लागि चाहिने अपरिहार्य मल तथा विषादी स्थानीय स्तरमा नै बनाउन सिकेका कृषकहरूले तालिममा सिकेका कुरा तत्काल व्यवहारमा उतार्ने प्रतिवद्धता जनाएका थिए ।  

सहभागीहरूमध्येका एक ङमार्इ तिमिल्सिनाले अाफूले खेतबारीमा प्रयाेग गर्नका लागि गाेबर र गार्इवस्तुकाे मुत्र प्रयाेग गरी मल बनाउने गरेकी थिइन् । तर उनले याे तालिममा सहभागी भर्इसकेपछि थाहा पाइन् कि अाफूले तयार गर्ने गरेकाे मल त त्यती व्यवस्थित र सही तरिकाले नबनाइएकाे रहेछ! तालिममा सहभागी भएर उनी जस्ता अन्य ३० जना कृषकहरूले व्यवस्थित र सही तरिकाले जैविक मल तथा विषादी बनाउन सिकेका छन् । ङमार्इले खुशी हुँदै याे तालिम सकिनासाथ सिकेकाे कुरा अभ्यास गरी हाल्ने समेत बताइन् । उनले खेर गएका पदार्थहरूकाे प्रयाेग गरी मल तथा विषादी बनाउन सिकाउने तालिमहरू बेथानचाेक गाउँपालिकाभरी नै दिनुपर्ने कुराकाे जिकिर समेत गरिन् ।

ग्रामिण प्रविधि केन्द्र (सीअारटी) काे पहलमा वातावरणमैत्री गाउँ विकास कार्यक्रम विगत तीन वर्षदेखि नमूनाकाे रूपमा काभ्रे जिल्लाकाे च्याम्राङ्वेशी, ढुङ्खर्क, र चलाल गणेशस्थान गाउँमा सञ्चालन भइरहेकाे छ । यस संस्थाले यस क्षेत्रमा स्थानीय साधन, स्राेत, श्रम र सीपकाे परिचालनमार्फत नविकरणीय उर्जा, कृषि, वन तथा वातावरण संरक्षण, सरसफार्इ एवं फाेहाेर व्यवस्थापन जस्ता वातावरणमैत्री विभिन्न गतिविधिहरूकाे प्रवर्धन तथा विस्तारमा सहकार्य गर्दै अाएकाे छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics