भूमि सम्बन्धी जानकारी दिने मोबाइल एप्स



कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले भूमि सम्बन्धी सम्पूर्ण जानकारी सहितको मोबाइल एप्स प्रयोगमा ल्याएको छ । मन्त्रालयमा कार्यक्रम गरी ‘भूमि सुशासन’ नामक एप्सको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चत्रपाणी खनालले सार्वजनिक गरेका हुन् ।

एप्समा मन्त्रालयका कार्यक्रम, भूमि सम्बन्धी सेवाहरूको जानकारी, कार्यालयहरूको लोकेशन, ऐन–कानुन, नीति–निर्देशिका, कार्यविधि, भूमि शब्दकोश समावेश गरिएको छ ।

त्यस्तै सजिलोमा कन्भर्ट हुने गरी भूमिसम्बन्धित नापजाँज सम्बन्धी इकाइ, नापी क्याल्कुलेटर, सूचना, गतिविधि, सेवाग्राहीबाट बारम्बार सोधिने प्रश्नहरू पनि मोबाइल एप्समा समेटिएको मन्त्रालयका सहसचिव जनकराज जोशीले जानकारी दिए ।

मोबाइल एप्स सार्वजनिक गरेपछि मन्त्री खनालले यो एउटा सानो सुरुवात भएपनि यसले प्रयोगकर्तालाई केही राहात मिल्ने बताए । अझै धेरै गर्न बाँकी रहेकोले सुधार गर्दै जान पनि मन्त्री खनालले मन्त्रालयका प्राविधिकहरूलाई आग्रह गरे ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics