गोलभेडा निर्यात नहुँदा कृषकहरू मर्कोमा



एकसातादेखि पाँचथर जिल्लामा उत्पादित गोलभेडा भारततर्फ निर्यात हुन नसक्दा कृषकहरु मर्कोमा परेका छन् ।जिल्लाको हिलिहाङ र याङवरकसहित विभिन्न स्थानमा उत्पादित गोलभेडा भारतीय व्यापारीहरुले लिन नमानेपछि कृषकहरू चिन्तित बनेका हुन् । नियार्त नभएपछि अहिले गोलभेडा कुहिन थालेको छ ।

बिर्तामोड हुँदै भारतको सिलिगुडीसंगै अन्य बजारमा सम्म पुग्ने गरेको छ ।

बिर्तामोड  पुरयाएर कृषि थोक बजारमा भण्डारण गरिएको ३० टन भन्दा धेरै गोलभेडा कुहिएको किसान समूह महासंघ पाँचथरका अध्यक्ष गणेश पोखरेलले बताए ।

भारतीय बजारमा टमाटर नपठाउन भनेपछि एकहप्ता देखि पाँचथरबाट झापातर्फ पनि निर्यात भएको छैन । पाँचथरको हिलिहाङ र याङवरकबाट दैनिक २५ वटा गाडीसम्म गोलभेडा निर्यात हुने गरेको स्थानीय चन्द्रमणि बास्कोटाले जानकारी दिए ।

गोलभेडा निर्यात हुन छोडेपछि स्थानीय बजारमा पनि खपत हुन नसक्दा मुल्यमा पनि गिरावट आएको गोलभेडा उत्पादन गरिरहेका कृषक वीरेन्द्र काफ्ले बताए ।

जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार गतवर्ष पाँचथरको याङवरक र हिलिहाङवाट मात्रै ३ करोड रुपैयाँको गोलभेडा निर्यात भएको थियो । जिल्लामा एक हजार ५ सय कृषकले व्यावसायिक गोलभेडा खेती गर्दै आएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics