सिन्धुलीमा ६५ प्रतिशत धान रोपाई

विगत वर्षहरूको तुलनामा यसवर्ष समयमा नै मनसुनी बर्षा सुरु भएकाले सिन्धुली जिल्लाका धान खेती योग्य भूभागको कुल ६५ प्रतिशत रोपाई सम्पन्न भएको एक तथ्याङ्कले देखाएको छ ।

सिन्धुली जिल्लामा जम्मा १४ हजार ५ सय ५० हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ । श्रावण १५ सम्म सिन्धुली जिल्लाको करिब सत प्रतिशत रोपाई सम्पन्न भईसक्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

सिन्धुली जिल्लामा दोस्रो प्रमुख खाध्य वालीमा पर्ने धान वालीले जिल्लामा कुल ५० प्रतिशत खाध्यान्ह पूर्तिगर्ने गर्ने गरेको छ ।

सिन्धुली जिल्लामा सावित्री रामविलास,मकवानपुर–१,खुमल र हाईब्रिड जातको लोकनाथ गरी आधा दर्जन भन्दा बढी आधुनिक जातका धान वालीहरु लगाइने गरिएको छ भने,परम्परागत रूपमा मार्सी,कालोधान लोकल बासमती धान समेत केही मात्रामा लगाइने गरिएको छ ।

धान खेतीकालागि गरम जलवायु नै उतम भएकाले सिन्धुली जिल्लाको कमलाखोच, मरिणखोला र चदाहा लगाएकाका फाँटहरूमा धानवाली सोह्रै आना उत्पादन हुने गर्दछ ।

सिन्धुली जिल्लामा प्रति हेक्टर ६ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ ।यसवर्ष सिन्धुली जिल्लामा कुल नब्बे हजार मेट्रिकटन धान बाली उत्पादन हुने लक्ष्य राखिएको छ ।

यसवर्ष पानी समयमै परेकाले सिन्धुली जिल्लाको कमलाखोच,मरिण क्षेत्र चदाहा लगायतका विभिन्न स्थानका किसानहरूलाई धान वाली रोपाई गर्न सहज भएपछि किसानहरूले लगाइएको धानीबालीको उत्पादन समेत बढ्ने अपेक्षा गरिएको छ ।

धानवालीका लागि असार महिनाभर रोपाई गरिएको उत्पादन बढ्ने भएका कारणले किसानहरू धानको रोपाई गर्ने कार्यमा जुटन थालेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics