एक टन कार्बनमा बस्नुहोस् !
- नेचर खबर


एक टन कार्बन सिटको अभियान नेपालमा सुरु भएको छ । रुख बिरुवाले मात्र नभई काष्ठजन्य वस्तुहरूको प्रयोगबाट पनि वायु मण्डलिय कार्बन पृथकीकरणमा योगदान पुर्याउन सकिन्छ भन्ने उद्देश्यका साथ विश्वभर विभिन्न मुलुकहरूबाट सञ्चालनमा रहेको यो अभियान मंगलबारदेखि नेपालबाट पनि सुरु भएको हो ।
‘एक टन कार्बनमा बस्नुहोस्’ नाराका साथ यो अभियान सुरु भएको हो । वसन्तपुर डबलीमा, डेनिस फरेष्ट्री एक्स्टेन्सनको आर्थिक सहकार्यमा पारिवारिक निजी वन संघ, नेपाल र यसका साझेदार संस्थाहरू (वन्यजन्तु संरक्षण संघ नेपाल र जीवन केन्द्र) को सहकार्यमा यो अभियान सुरु भएको हो ।
यो अभियान बोसनिया र भिएटनाम लगायत अरू थुपै देशमा सुरु भइसकेको आयोजकले जनाएको छ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले यो अभियानलाई मौलिक र रचनात्मक भएको बताएका छन् । यो अभियानलाई थप बलियो बनाउन व्यवहारिक रूपमा कार्यान्वयन पक्षमा जोड दिनुपर्ने उनको सुझाव छ । साझेदारी र सहकार्यका साथ अघि बढ्नुपर्ने उनको कथन छ ।
तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले काठ र काठजन्य बस्तुहरूले वायुमण्डलीय कार्बन डाइअक्साईड संश्लेषण, विस्थापन र प्रतिष्ठापनमा सहयोग गर्ने भएकाले वन एवं रुखजन्य वस्तुहरूको सही संरक्षण गर्नु आवश्यक रहेको जानकारी दिए ।
पारिवारिक निजी वन संघ नेपालका अध्यक्ष जोगराज गिरीले संविधानमा व्यवस्था भए अनुसार पारिवारिक निजी वन किसानहरूको सम्पत्ति र अधिकार स्थापित नहुँदासम्म देश समृद्ध नहुने बताए ।
एक टन कार्बन सिटको अभियान को हेरौं केहि झलकहरु :





प्रतिक्रिया दिनुहोस