वन तथा वातावरण मन्त्रालयका सचिव डा.ओली सहित ३ संरक्षणकर्मी विभूषित
- नेचर खबर
संविधान दिवसको अवसरमा नेपाल सरकारले तीन संरक्षणकर्मीलाई विभूषित गर्ने निर्णय गरेको छ ।
सरकारले सुप्रवल जनसेवा पदक वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओली, प्रवल जनसेवा पदक जिल्ला भू संरक्षण कार्यालय सप्तरीका प्रमुख बिष्णुबहादुर भण्डारी र सामुदायिक वन अभियन्ता निलप्रसाद भण्डारीलाई प्रदान गर्ने घोषणा गरेको हो ।
डा ओली लामो समय देखी वन तथा वातावरणको क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका व्यक्ति हुन । उनले नेपालको वन क्षेत्रको व्यवस्थापन र वातावरण संरक्षणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका छन्।
उनी यस अघि पशुपन्छी विकास मन्त्रालय तथा वातावरण मन्त्रालयमा सचिवको जिम्मेवारी सफलतापूवक निर्वाह गरिसकेका छन्। उनी उमेरका हिसाबले सबैभन्दा कंम उमेरका सचिव हुन ।
त्यस्तै भण्डारीद्धय पनि वन र वातावरणको क्षेत्रमा उल्लेखनीय योगदान गरेका व्यक्ति हुन ।
सरकारले ४ सय २१ जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित गर्ने घोषणा बुधबार गरेको हो । संविधान दिवसको अवसरमा राजनीतिज्ञ, समाजसेवी, कर्मचारी, साहित्यकार, कलाकार, चिकित्सक, पत्रकार, प्रशासक, खेलाडीलगायत विभिन्न पेशा तथा व्यवसाय आबद्ध व्यक्तित्वहरूलाई मानपदवी, अलंकार र पदक प्रदान गर्ने परम्परा अनुरूप सरकारले उनीहरूलाई विभूषित गर्न लागेको हो ।
विभूषणका लागि छनोट भएकाहरुलाई सरकारले चाँडै राष्ट्रपतिबाट विभूषित गर्ने गृह मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस