अस्ट्रेलियाले एक जोडी कंगारु नेपाललाई उपहार दिने



अस्ट्रेलियाले नेपाललाई एक जोडी कंगारु उपहार दिने भएको छ । न्यू साउथ वेल्स राज्यले एक जोडी कंगारु दिन लागेको हो ।

अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको न्यू साउथ वेल्स राज्यको पहिलो औपचारिक भ्रमणका क्रममा नेपाललाई उपहार स्वरुप कंगारु दिने घोषणा भएको हो ।

मंगलबार र बुधबार भएको दुईदिने औपचारिक भ्रमणमा उक्त राज्यका गभर्नरसँगको भेटका क्रममा नपाललाई कंगारु उपहार दिने जानकारी दिइएको राजदूत शेर्पाले जानकारी दिइन् ।

पृथ्वीमा कङ्गारुको उत्पत्ति एकदमै पुरानो भएको प्रमाणित छ। वैज्ञानिकहरूको अनुसन्धानबाट कङ्गारुको अवशेष ३ करोड वर्ष पहिलेको अवशेष पत्ता लगाएका थिए।

कङ्गारु अस्ट्रेलियाको राष्ट्रिय जनावर हो साथै स्तनधारी पनि। यो जनावरको बारेमा झट्ट सुन्दा अचम्म र नौलो लाग्न सक्छ तर यो वास्तविकता हो कि कङ्गारु जन्मदा एक इन्च लामो र ५ देखि १० ग्रामसम्मको वजन हुन्छ। जब यो वयस्क हुन्छ, त्यतिखेर यसको वजन एक सय किलोसम्मको हुन्छ। यसको विभिन्न प्रजातिहरू हुन्छन्।

सामान्यतया कङ्गारुले गर्भधारण गरेको ४० दिनपछि १ इन्च लम्बाई र ५-१० ग्राम वजन भएको मस्तिष्क, फोक्सो, नाक, कान, आँखा, खुट्टा आदि कुनै पनि अङ्ग विकसित नभएको बच्चा झण्डै मासुकै डल्लो जस्तो जन्मिन्छ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics