भाटभटेनीलाई दुध दुधजन्य खाद्यवस्तु बिक्री वितरणमा गर्न रोक
- नेचर खबर

सरकारले भाटभटेनी सुपरमार्केटबाट भइरहेको दुधजन्य खाद्य पदार्थ गुणस्तरहिन भन्दै बिक्री वितरणमा रोक लगाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले आज दिउँसो काठमाण्डौंको महाराजगन्जस्थित भाटभटेनी सुपर मार्केटमा अनुगमन गरेपछि दुधजन्य खाद्य पदार्थ बिक्रीवितरणमा रोक लगाएको हो ।
भाटभटेनी सुपर मार्केटबाट बिक्री हुने दुधजन्य खाद्य पदार्थ गुणस्तरहीन भएको पाइएपछि बिक्रीमा रोक लगाइएको विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिनुभयो ।
भाटभटेनी सुपरमार्केटको खाद्य स्टोरमा रहेका खाद्य पदार्थको परिक्षण गर्दा गुणस्तरहिन भेटिएको महानिर्देशक कर्णको भनाई छ ।
सरकारले खाद्य स्वच्छता अभियानअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा काठमाडौंलगायत देशका मुख्यमुख्य सहरमा बजार अनुगमनको कामलाई निरन्तरता दिँदै आएको छ
प्रतिक्रिया दिनुहोस