वन्यजन्तु तालिम सुरु



ललीतपुरमा ५ दिने वन्यजन्तु तालिम सुरु भएको छ । यूनिभर्सिटि अफ वासिङटन र रिसर्च सोसाइटिले तालीमको आयोजना गरेको हो । विधार्थी, पत्रकार र संरक्षणका कमचारीलाई लक्षित गरेर यो तालिम आयोजना गरिएको हो ।

डा. नारायण कोजु, सुभास घिमिरे, धिरेन्द्र चन्दको सहयोगमा डा. र्याण्डल काईज तथा डा. मुकेश कुमार चालिसेले कार्यक्रम सुरु गरका थिए । प्रकृति संंरक्षण कोशका सदस्य सचिव गोबिन्द गजुरेल, निकुन्जका सहमहानिर्देशक शेर शिह ठगुन्ना तथा आरआरका सहप्राध्यापक दिलिप गजुरेलले बिषयबस्तुमा प्रकाश पारेका थिए ।

यस्ता कार्यक्रमबाट हाल सम्म करिब ४ सय भन्दा बढी उच्च शिक्षाका बिद्यार्थीहरु लाभान्वीत भएका छन् । तालिममा त्रिवि प्राणिशास्त्र अन्तर्गत वातावरण, अमृत, त्रिचन्द्र, ख्वप, गोल्डेन गेट तथा रत्नराज्यका बिद्यार्थीहरु सहभागी छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics