पाउडर ल्याउन मन्त्रीपरिषद्धबाट रोक हुने
- नेचर खबर
कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले दुुधमा हाल्ने पाउडर ल्याउने काम रोकिएन भने मन्त्रीपरिषद्धबाट निर्णय गरेर सधैको लागि रोक्ने बताएका छन् ।
मन्त्री खनालले लुकिछिपी पाउडर ल्याउने काम रोकिएन भने डिडिसीले आफूले उत्पादन बजारमा लैजान न सक्ने र गोदाममा मात्रै थन्काएर राख्ने हो भने पाउडर दूध रोक्नुको अर्थ नभएको बताए ।
बिराटनगर दुग्ध वितरण आयोजनाले मोरङमा गरेको कार्यक्रममा कृषि मन्त्री चक्रपाणी खनालले पहिलेको भन्दा अहिले यस क्षेत्रमा दूध उत्पादनमा केही सुधार आएको जानकारी दिए।
उनले भने “जनताले विश्वास गरेको संस्था भएकोले अझै जिम्मेवार हुनुपर्छ । बस्तु बजारमा लैजाने सेवा गर्न मात्र होइन, प्रतिस्पर्धा गर्न पनि हो । त्यसको लागि आफुलाइ अब्बल बनाउने काम डिडिसीकै हो । यो विश्वास जित्न नसके सकिन पनि भन्न सक्नु पर्छ । ”
खनालले भने “जनतालाई धोका दिन र गुम्राहमा पार्न पाइँदैन। नेपाली किसानले उत्पादन गरेको दुग्ध पदार्थ खेर जान नदिनको लागि पाउडर दूधमा रोक लगाइएको हो । तर लुकीछिपी चोरिनिकासी रोकिएको छैन ।”
अहिले त पाउडर दूध आयात रोकेर समस्यालाई अलि पर धकेलिएको मात्र हो समाधान होइन मन्त्री खनालले जानकारी दिए ।
संस्थानका महाप्रबन्धक इश्वरी न्यौपानेका अनुसार दैनिक ६० हजार लिटर दूध उत्पादन गर्ने संस्थाले अहिले दैनिक ३५ हजार लिटर दूध उत्पादन गर्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस