एसीमा रमाई रहेका भाग्यमानी वन्यजन्तु


यति बेला काठमाण्डौंमा बिहान बेलुकाको तापक्रम शून्य डिग्री सेलसियसमा रहेको अवस्थामा अधिकांश मानिसहरू तातोको खोजीमा भौतारिएका हुन्छन् ।

कोही बाक्लो कपडाले तातो महसुस गरिरहेका छन्,कोही न्यानोको खोजीमा आगो ताप्छन्, कोही घामको पर्खाइमा हुन्छन् र कोही भने हिटरको सहायताले आफ्नो न्यानोपनको आभास गरिरहेका हुन्छन् । तर यस्ता भाग्यमानी वन्यजन्तुहरू पनि छन् जो आफ्नो न्यानो पनको आभास एसीबाट लिँदै आई रहेका छन् ।

ती भाग्य मानी वन्यजन्तु अन्य देशको होइन हाम्रो नेपालको ललितपुर जावलाखेल स्थित सदर चिडियाखानाका तीन वटा प्रजाति वन्यजन्तुहरू जो एसीको एस गरिरहेका छन् । रिङटेल लिमुर , रेड पान्डा र सिमाङ सदर चिडियाखानाका एसीमा रमाउने भाग्यमानी वन्यजन्तुहरू हुन ।

सदर चिडियाखानाले यिनीहरूको प्राकृतिक वासस्थान भन्दा फरक भएकोले यिनीहरूलाई कृत्रिम वासस्थानको व्यवस्था गरेको हो । मौसम अनुसार वन्यजन्तुको आवश्यकतालाई मध्यनजर गरेर खोरमा तामक्रम बढाउने घटाउने गरिन्छ ।

सबैभन्दा पहिला सात वर्ष अघि सिमाङलाई मध्यनजर गरेर एसी जडान खोर बनाइएको थियो । त्यसपछि क्रमशः  रेडपान्डे (हाब्रे) र रिङटेल लिमुर एसी जडान खोर बनाइएको छ । रिङटेल, रेडपान्डे (हाब्रे)र सिमाङ अति संवेदनशील वन्यजन्तु भएकोले यसका लागि कृत्रिम वातावरणको आवश्यकता भएको हो ।

सियामङ


एसीमा बस्दै आएको सियामङ नेपालमा एसीमा बस्ने पहिलो वन्यजन्तु हो । सियामङलाई करिब ७ वर्ष अघि सदर चिडिाखानमा पाहुनाको रूपमा ल्याएको थियो । यस वन्यजन्तुलाई थाईल्यान्डबाट नेपालमा पहिलो पटक ल्याएको थियो । यसको वासस्थानलाई मध्य नजर राखेर यसको खोरमा एसी जडान गरिएको हो । विशेष गरेर यस वन्यजन्तुलाई तातो ठाउँ एकदमै मन पर्ने भएकाले उसको सोही ठाउँ को बाँस स्थान जस्तै मिल्ने गरी एसी जडान गरिएको हो । अहिले यस सदर चिडियाखानामा सियामङको बाउ , छोरा बस्दै आएका छन् । यसको मुख्य आहार भनेकै फलफुल हो ।

रेड पान्डा


आजभन्दा ४ वर्ष अघि एक जोडी रेडपान्डालाई रोल्पा बाट सदर चिडियाखानामा ल्याएको थियो । हिमाली क्षेत्रमा पाइने वन्यजन्तु भएर यसको प्राकृतिक वातावरण सँग घुलमिल हुन असहज भएको कारणले यसलाई सदर चिडियाखाले एउटा विशेष प्रकारको एसी जडान गरेको खोरमा बस्दै आएको छ । विशेष गरी रेडपाण्डेले वन्यजन्तुले फलफुल बाँस र निगालो खाने गर्दछ ।
सदर चिडियाखानाका सूचना अधिकारी लिना चालिसेका अनुसार उच्च हिमाली भेगमा पाउने जनवार भएको कारण त्यहाँको हावा पानी र मौसम सँग मिल्ने वातावरण सिर्जना गर्न एसी जडान गरिएका हो।

रिङटेल


अफ्रिकाबाट नेपालमा पाहुना बनेर आएका सानु र सानी (बाँदरको एउटा प्रजाति (रिङटेल लिमुर) चिडियाखानाको विशेष खोरमा रमाइरहेका छन् । रिङटेललाई एक वर्षा सम्म क्वारेन्टाइनमा राखेको थियो । यो वर्ष देखी रिङटेल प्रदर्शनीमा राखिएको हो । सानु र सानी नेपाली नाम दिइएका यो जोडी फरक वातावरणबाट आएको वन्यजन्तु भएको हुनाले उनीहरूलाई अफ्रिकी वातावरणको झल्को दिने गरी खोरमा एसी जडान गरिएको हो ।

सागर बम्जन

प्रतिक्रिया दिनुहोस

web
analytics