नेपालमा पहिलो फोटो कैद भयो मार्बल्ड बिरालाे

विश्वमै दुर्लभ मानिने मार्बल्ड  बिरालोको फोटो पहिलो पटक पूर्वी नेपालमा कैद भएको छ ।

बिरालोभन्दा अलि ठूलो, गाढा रंग हुनुका साथै झाडीदार पुच्छर हुने छिरबिरे बिरालोको फोटो नेपालमा पहिलो पटक पाँचथर जिल्लाको २ हजार ७ सय ५० मिटर उचाइँमा रहेको जंगलमा खिचिएको हो।

उक्त तस्बिर ओपन एक्सेस जर्नल ‘नेचर कन्सर्भेसन’ मा यसै महिना प्रकाशित भएको छ।

नेपालमा पहिलो पटक खिचिएको भनिएको छिरबिरे बिरालोको फोटो र अन्य सामग्री न्यूजिल्याण्डमा रहेको लिंकन विश्वविद्यालय र नेपालको रेडपाण्डा नेटवर्कका सोधकर्ताहरूले संकलन गरेका हुन्।

रेडपाण्डा नेटकवर्कका कार्यक्रम संयोजक एवं सोधकर्ता सोनम टासी लामाका अनुसार छिरबिरे बिरालो नेपालमा छ भनेर अध्ययनहरूमा उल्लेख भएपनि हालसम्म तस्बिर खिचिएको थिएन।

भारत, चीन लगायतका देशमा छिरबिरे बिरालोको यसअघि नै फोटो कैद भइसकेको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics