यसरी मनाइदै छ डिएनए डे


हरेक वर्ष जस्तै यो वर्ष पनि बायो टेक्नोलोजी सोसाइटी अफ नेपालको नेतृत्वमा डिएनए डे मनाइने भएको छ ।यो वर्षको ‘जैविक प्रविधिको सङ्घीय गणतन्त्रिक नेपालमा प्रभाव’ नाराको साथ  डिएनए डे मनाउन लागिएको हो ।यही दिवसको अवसर पारेर नेपालमा अप्रिल २४ र २५ मा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)मा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

आधुनिक जैविक प्रविधि विज्ञानमा को संरचनाको आविष्कारलाई प्रमुख कोसेढुंगाको रूपमा लिइन्छ ।जैविक विज्ञानको इतिहासमा भएका यी महत्वपृ्र्ण उपलब्धिहरुको कदर गर्दै सन् २००८ देखि नै नेपालमा हामी यी दिनलाई आफ्नै तरिकाले मनाउदै आएको बायो टेक्नोलोजी सोसाइटी अफ नेपालका अध्यक्ष नवीन नारायण मुनंकर्मी बताए ।

डिएनए डे मनाउनुको उद्देश्य देश भित्र तथा बाहिर भएका वैज्ञानिक उपलब्धिहरुको बारेमा छलफल गर्नु रहेको बायो टेक्नोलोजी सोसाइटी अफ नेपालले जनाएको छ ।कार्यक्रम पाँच सयको हाराहारीमा सहभागी हुने अपेक्षा गरिएको छ । ओयोजका अनुसार सात लाख खर्च हुने अनुमान गरिएको छ ।डिएनए हाम्रो एउटा हेरिडिटि युनिट हो जुन हाम्रो सन्ततिसँग सम्बन्धित रहन्छ ।

कतिपय अवस्थामा आमाबाबुको विशेषता छोराछोरीमा सरेको पाइन्छ । जसको कारण फिजिकल युनिट हो ।यसलाई हामी डिएनए पनि भन्छौँ । यही फिजिकल युनिटको वैज्ञानिक संरचनाको सन् १९५३ मा वेस्टर्न एन्ड क्रिपले अप्रिल २५ मा जानकारी बाहिर ल्याएपछि यसको चर्चा हुन थालेको हो । जीव विज्ञानसँग सम्बन्धित डिएनएको कम्पोनेन्ट कसरी विकास भएको छ भन्नेकुराको अध्ययन भएपछि नै डिएनए डे सन् २००३ देखि मनाउन थालिएको हो ।

नेपालमा भने बायोटेक्नोलोजि सोसाइट अफ नेपालले सन् २००८ देखि लगातार रूपमा डिएनए डे मनाउँदै आइरहेको छ । डिएनए डबल हेलिक्स पत्ता लागेको ५० वर्षको उपलक्ष्यमा सन् २००२ अप्रिल २५ देखी विश्वभर यो दिवस मनाउन सुरु गरिएको हो ।

यो वर्षको कार्यक्रमको प्रमुख झलकहरु निम्न रहेको छ ः
१. निम्न विद्यालयहरु भएको सम्मेलन
मेडिकल तथा फार्मास्युटिकल जैविक विज्ञान
बोट विरुवा तथा कृषि जैविक विज्ञान
खाद्य तथा औद्योगिक जैविक विज्ञान
वातावरण तथा संरक्षण जैविक विज्ञान

माथि उल्लिखित शिर्षकहरुमा विद्यार्थीहरू अन्वेषकहरु तथा शिक्षाविद्हरू को कागजी तथा मौखिक प्रस्तुति र साथै विशिष्ट व्यक्तित्वहरुबाट आमन्त्रित प्रस्तुतिहरु

२. विभिन्न कलेजहरु जस्तै प्लस टु, स्नातक, स्नातकोत्तर र विश्वविद्यालयहरुबाट स्टल प्रदर्शनी

३. पुरस्कार वितरण जस्तै
क. अनुसन्धान वैज्ञानिक पुरस्कार
ख. प्रेरणादायक व्यक्तित्व पुरस्कार
ग. उत्कृष्ट जैविक प्रविधि विद्यार्थी पुरस्कार
घ. उत्कृष्ट मौखिक प्रस्तुति पुरस्कार
ङ. उत्कृष्ट पोस्टर पुरस्कार
च. उत्कृष्ट डिएन ए नमुना पुरस्कार
छ. उत्कृष्ट निबन्ध पुरस्कार

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics