कछुवा संरिक्षत नगरपालिका घोषण हुँदै


अर्जुनधारा नगरपालिकालाई नेपालको पहिलो कछुवा संरिक्षत नगरपालिका घोषण हुने तयारी भइरहेको छ । अर्जुनधारा नगरपालिकाको प्रमुख हरि कुमार रानाले प्रतिष्ठान तथा कछुवा संरक्षण केन्द्र सँग सहकार्य गरेर यस दुर्लभ कछुवाको संरक्षणलाई अझ व्यवस्थीत गर्ने प्रतिवद्वता जाहेर गरका छन् ।

झापा जिल्ला अर्जुनधारा नगरपालिकामा रहेको कछुवा संरक्षण केन्दमा विश्व कछुवा दिवस आयोजित कार्यक्रममा नगरपालिकाको प्रमुख हरिले भविष्यमा अर्जुनधारा नगरपालिकालाई नै नेपालको पहिलो कछुवा संरिक्षत नगरपालिका घोषण गर्ने कुरा जानकारी दिए ।

त्यस्तै प्रदेश १ का सभासद विर्ख प्रधान, मेची वहुमुखी क्याम्पसका जीव विज्ञानका प्रा. डा. कालुराम खम्बू र डिभिजन वन कार्यलयका अधिकृत विष्णुलाल घिमिरेले संकटापन्न कछुवा संरक्षणको प्रतिवद्वता बोर्डमा हस्ताक्षर गरेका छन् ।

कछुवा दिवश कार्यव्रmममा लिटल एन्जल्स स्कूल, चारालीमा अध्ययनरत कक्षा १० का ५० जना विद्यार्थी, सामुदायीक वनका प्रतिनिधि, गैर सरकारी संस्थाका प्रतिनिधि, पत्रकार लगायत स्थानीयवासीहरुको उपस्थीति रहेको थियो ।

कार्यक्रमको अन्त्यमा उद्वार गरिएका ३ वटा ढकनी नरम खबटे प्रजातिका कछुवाहरुलाई अतिथिहरुले संरक्षण केन्दमा रहेको प्राकृतिक तालमा छाडिएको थियो ।

विश्वमानै मेरुदण्डीय जीवहरु मध्ये अति संकटापन्न अवस्थामा रहेका कछुवाहरुको बारे जनचेतना ऊजागर गर्न र यी जीवहरु प्रति सम्मान प्रकट गर्न हरेक वर्ष मे २३ का दिन विश्वभरी विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाईन्छ ।

नेपालको एक मात्र समुदायमा आधारीत कछुवा उद्दार तथा संरक्षण केन्दले विगत ३ वर्ष देखि विभिन्न कार्यक्रमहरु गरेर विश्व कछुवा दिवस मनाउँदै आएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics