वन तथा वातावरणमा १५ अर्ब ४९ करोड

आर्थिक वर्ष २०७६-७७ का लागि वन तथा वातावरण क्षेत्रमा १५ अर्ब ४९ करोड बजेट विनियोजन गरिएको छ ।

वन क्षेत्र मार्फत वातावरणीय सन्तुलन कायम गर्दै वनजन्य क्षेत्रको बहुउपयोग गरी आर्य र रोजगारी सिर्जनालाई प्राथमिकता दिइएको छ ।

त्यस्तै सङ्घ प्रदेश र स्थानीय तह तथा समूह वन उपभोक्ता  सहकार्य र समन्वयमा बहुउपयोगी  गरी वैज्ञानिक वन व्यवस्थापनको   संरक्षण तथा वन स्रोतको दिगो उपयोग तथा व्यवस्थापनलाई जोड दिइएको छ ।

आगामी आर्थिक वर्षलाई वृक्षारोपण वर्ष घोषणा गरी काठ , गैर काष्ठ तथा फलफूलको बिरुवा रोपण कार्यक्रम अभियानका रूपमा अगाडि बढाउने भएको छ ।

वनमा आधारित उधोग तथा व्यवसायको प्रवर्द्धन तथा विस्तार प्राथमिकता साथ गरिने भएको छ ।

वन तथा वातावरण क्षेत्रमा गत वर्षको तुलनामा १ अर्ब ९ करोड कटौती भएको छ । आर्थिक वर्ष २०७५- ७६मा १६ अर्ब ६८ करोड विनियोजन भएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics