कृषि तथा पशुपंक्षीमा ३४ अर्ब ८० करोड विनियोजन

सरकारले आर्थिक वर्ष २०७६÷७७ का लागि कृषि तथा पशुपंक्षी क्षेत्रमा ३४ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाले बुधबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै कृषि क्षेत्रको विकास, किसानलाई अनुदान, स्वदेश तथा विदेशबाट फर्केका युवालाई कृषि उद्यमी बनाउन ३४ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनालाई ८ अर्ब १० करोड बजेट विनियोजन गरेका छ । आगामी आर्थिक वर्ष पकेट ब्लक जोन र सुपर जोनका निश्चित मापदण्ड बनाई ३१ वाली विशेष र ८ पशुपालन गरी थप ३९ जोन मार्फ ६९ हजा हेक्टर जमिनमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना विस्तार गरिने योजना छ ।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना मार्फत सम्भावयताको आधारमा फापर र भटमास जोन निर्धारण गरिने छ । एक स्थानीय तहमा एक प्राविधिक र्पुयाउने तथा उखु किसानलाई अनुदान दिने सरकारको उद्देश्य छ ।

यस्तै सरकारले कृषि क्षेत्रको अनुसन्धानका लागि कृषि तथा वन विश्वविद्यालयलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने पनि जनाएको छ । सबै प्रदेशमा नमुना उत्पादन गर्ने प्रोत्साहन गरिने कार्यकम रहेको छ ।

सहरी क्षेत्रमा घरबाट निस्कने फाहोरलाई व्यवस्थापन गरी अर्गानिक कौसी खेतिलाई प्रोत्साहन गरिने व्यवस्था रहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics