बिहारमा लिची खाँदा ५४ बालबालिकाको मृत्यु
- नेचर खबर

बिहारमा धेरै लिची खाएका कारण पछिल्लो तीन सातामा ५४ जना बालबालिकाको मृत्यु भएको छ। बिहारका स्वास्थ्य अधिकारीहरूले बताएअनुसार सुक्ष्म इन्सेफ्लाइटिस सिन्ड्रोमका कारण ती बालबालिकाको ज्यान गएको हो।
मुजफ्फुर जिल्लाको श्रीकृष्णा मेडिकल कलेजमा मात्रै ४६ जना बालबालिकाको मृत्यु भएको छ । यस्तै केजरीवाल मातृ सदनमा ८ बालबालिकाको मृत्यु भइसकेको छ । यो तथ्याङ्क बिहीबार साँझसम्मको हो ।
मृत्यु भएका सबै बालबालिका लिची खाएपछि बिरामी भएका थिए । चिकित्सकका अनुसार खाली पेटमा लिची खानु आफैमा हानिकारक हुन्छ । बालबालिकाको लागि यो झन खतरानाक हुने चिकित्सकहरुको भनाइ छ । चिकित्सकहरुको अनुसार ती बालबालिकाको रगतमा चिनीको मात्रा कम भएको थियो। चिनीमा रगतको मात्रा कम भएपछि शरीरले फ्याट्टी एसिडलाई पचाएर ग्लुकोज बढाउन थाल्छ ।
रगतमा चिनी कम हुनुका पछाडी लिचीमा हुने रसायन भूमिका खेलेको उनीहरूले बताएका छन्। बिरामी बालबालिकाका अभिभावकले छोराछोरी दिनभरी लिचीका रूखमा झुण्डिने र टन्न लिची खाएर आउने भएकाले राति खाना नखाने बताएका थिए। बिहार सरकारले स्थानीय जनतालाई सचेत गर्दै आफ्ना बालबालिकालाई लिची नखुवाउन अनुरोध समेत गरेको छ ।
(एजेन्सी
प्रतिक्रिया दिनुहोस