आज असार १५ः राष्ट्रिय धान दिवस मनाइँदै

आज देशभर धान खेतीमा प्रविधि र यान्त्रिकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने नाराका साथ १६ औं धान दिवस मनाईंदै छ ।

मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेलाई रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि मनाउने चलन छ ।

२०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्रा्ष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए ।

राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो ।

कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्धेश्यले नेपालमा पनि यो दिवस मनाउन थालिएको हो ।

विश्वको जनसंख्याको आधा अर्थात् साढे तीन अर्ब मानिसको मुख्य खाना नै चामल हो ।

९० प्रतिशत धान एशियामै उत्पादन हुने गर्छ । नेपालको मुख्य बाली धानको कुल खाद्यान्नमा करिब ६० प्रतिशत योगदान छ ।

चालु आर्थिक वर्षमा ५६ दशमलब १० हजार मेट्रिक टन धान उत्पादन भएको छ ।

यो गत वर्षको तुलनामा आठ प्रतिशत भन्दा बढी हो । सरकारले पांच वर्षमा कृषि उत्पादन दोब्बर बढाउने लक्ष्य लिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics