कृषि मन्त्रीले गरे ट्रयाक्टर जोतेर धान दिवसको उद्घाटन



कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले ट्रयाक्टरले खेत जोतेर धान दिवसको उद्घाटन गरेका छन्।

नेपालको कृषि प्रणालीमा प्रविधि भित्र्याउन बर्दिया–राजापुर पुगेका मन्त्रीले ट्रयाक्टरले खेत जोतेर धान दिवसको उद्घाटन गरेका हुन्। बाली विकास तथा जैविक विविधता संरक्षक केन्द्रको आयोजना ‘धान खेतिमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने नाराका साथ १६औँ धान दिवस बर्दियाको राजापुरमा मनाइएको छ।

कार्यक्रमको उद्घाटन गर्दै मन्त्री खनालले नेपालको कृषि अझै पनि आकर्षणको केन्द्र बन्न सकेको बताए। नेपालका दक्ष २५ लाख युवा खाडी मुलुकमा जानाले जमीन बाझो हुँदै गएको उनको भनाइ छ।

‘काम गर्ने युवा नै विदेशीय पछि नेपालको कृषि उत्पाद कसरी बढ्न सक्छ’, उलने प्रश्न गरे। उनका अनुसार युवालाई कृषिमा आकर्षित गर्न आगमी आर्थिक वर्ष २०७६÷०७७ मा मन्त्रालयले युवा कृषि कार्यक्रम राखेको छ। सो कार्यक्रम मार्फत युवालाई कृषि गर्न प्ररित गरिने छ।

कृषियोग्य जमीनको खन्डिकरण, यान्त्रिकीकरण र आधुनिकीकरण गरि कृषकको जीवनशैली बदल्नु पर्ने उनले बताए। कृषिमा आधुनिक प्रविधि, सोच परिवर्तन गरे कृषि प्रणालीमा सुधार हुने उनी बताउँछन्। कृषकलाई समयमा मल बीउ र सिंचाइको राम्रो प्रवन्ध गर्न सरकार प्रतिबद्ध रहेको उनले जानकारी दिए।

राजापुरमा मात्र १६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको छ। त्यस मध्ये ५ हजार हेक्टरमा चैते धान रोपाइँ हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics