रेड पाण्डाको छाला सहित तीन जना पक्राउ



काठमाडौंमा रातो पाण्डाको छाला सहित प्रहरीले तीन जनालाई प्रकाउ गरेको छ ।

काठमाडौं महानगरपालिका २९ मैतीदेवीस्थित घट्टेकुलोबाट रातो पाण्डाको छाला २ थान प्रहरीले बरामद गरेको हो ।

पक्राउ पर्नेहरुमा सोलुखुम्बु दुधकुण्ड नगरपालिका घर भएका ३१ वर्षीय निमा गोलु तामाङ, सोलुखुम्बु सल्लेरी गाउँपालिका ५ घर भएका २१ वर्षीय निमा दावा तामाङ र ट्याक्सी चालक ललितपुर धापाखेल बस्ने रामेछाप सुनापाती गाउँपालिका २ घर भएका २६ वर्षीय अनुप खपाङ्गी मगर रहेका छन् ।

विशेष सूचनाको आधारमा मैतीदेवी सेतो पुलबाट घट्टेकुलोतर्फ आउँदै गरेको बा.२ ज ४६२१ नम्बरको ट्याक्सीलाई जाँच गर्ने क्रममा झोलामा लुकाई राखेको अवस्थामा उक्त वस्तु फेला परेपछि ट्याक्सीमा सवार निमा गोलु, निमा दावा र ट्याक्सी चालक अनुपलाई महानगरीय प्रहरी बृत्त सिंहदरबारबाट खटिएको प्रहरीले ट्याक्सी सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

दुर्लभ वन्यजन्तु चित्तलको छाला र मासु सहित पक्राउ

त्यस्तै बर्दियामा दुलर्भ वन्य जन्तु चित्तलको छाला र मासु सहित प्रहरीले एक जनालाई प्रकाउ गरेको छ।

बारबर्दिया नगरपालिका-१० लम्कीफाँटा बस्ने श्यामलाल थारुलाई दुर्लभ वन्यजन्तु चित्तलको छाला १ थान र १० केजी मासु सहित प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मोतीपुर र सशस्त्र प्रहरी बेस क्याम्प कतर्नियाबाट खटिएको संयुक्त प्रहरी टोलीले थारुलाई पक्राउ गरेकोे थियो।

थारुलाई आवश्यक कारबाहीको लागि बर्दिया राष्ट्रिय निकुञ्जमा बुझाइएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics