विदेश पलायन रोक्न युवालाई कृषिमा आकर्षित गनुपर्छ : कृषि मन्त्री

कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनालले विदेश पलायन रोक्न युवालाई युवालाई कृषिमा आकर्षित गनुपर्ने बताएका छन् । सोमबार देखी सुरु भएको एशियन कृषि सम्मेलन तथा पर्दर्शनीमा बोल्दै युवालाई कृषिमा आकर्षित गनुपर्ने आजको आवश्यकता रहेको मन्त्री खनालले उल्लेख गरे ।

मन्त्री खनालले भने , ‘आज भन्दा १० वर्ष अघि भूटान, बङलादेश, श्रीलंका भारत जहाँ थिए, अहिले त्यहाँ छैनन्, धेरै फड्को मारिसके । तर नेपालको कृषि जुन गतिमा अघि जानू पर्ने थियो । त्यो गति समात्न सकेको छैन ।’

युवालाई कृषिमा आकर्षित गरेपछि युवा बिदेश रोजगारीको लागि नभई पैसा हालेर घुम्न लागि विदेश जाने  उनले उल्लेख गरे ।

नेपालमा कृषिमा युवा कार्यक्रमका लागि ५० करोड बजेट बिनियोजन भएको छ जुन ५ बर्ष सम्म सन्चालन गरिने मन्त्री खनालले जानकारी दिए । यो वर्ष पाँच सय युवाबाट कृषिमा युवा कार्यक्रम सुरु गर्ने मन्त्री खनालले जानकारी दिए ।

कृषि तथा पशुपन्छि विकास मन्त्रालय तथा भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नम्बर ३ को सहकार्यमा भएको एशियन कृषि सम्मेलन कार्यक्रम भोलिसम्म चल्नेछ ।

कार्यक्रममा कृषिमा युवा सहभागिता, नेपाली कृषि उत्पादनको बजारीकरण, जलवायु परिवर्तन तथा नेपाली खाना संस्कृति लगायतका विषयमा अन्तर्रा्ष्ट्रिय तथा राष्ट्रिय सहभागीहरुसँग कार्यपत्र प्रस्तुत, प्लेनरी शत्र, अनुभव आदान प्रदान तथा नेटवर्किङ्ग तथा नेतृत्व विकास कार्यक्रम हुने छ ।

समिटमा हामी सक्छौं कृषि गीति नाटक, सांस्कृतिक कार्यक्रम, कृषि योगा तथा मोटिभेशनल शत्र लगायतका थप कार्यक्रमहरु पनि रहेका छन । साथै, नेपाल कृषि घोषणा पत्र पनि जारी गरिने कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले जनाएको छ ।सामाजिककार्यकर्ताहरुले अध्ययनगर्ने क्रममै बिभिन्न बिषयमा प्रस्तुतीकरण गर्न सिक्ने, नेतृत्वविकास गर्ने, संचार बिकास प्रतिबेदनतयार गर्ने, हरेक मानिसहरु संग कसरी कुराकानी गर्ने, बिभिन्न संघ संस्थाहरु संग मिलेर कसरि कामगर्ने, प्राकृतिकप्रकोपमा राहतवितरण गर्ने इत्यादीकार्यहरु उनीहरुले सिकिरहेकै हुनाले पनि सामाजिककार्यकर्ता मानविय समबेदना प्रति एकदमै सजक र आपसी मिलनसार गरि अगाडी बढ्ने हुन्छन ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics