स्वास्थ्य परिक्षण बिना खसीबोका ल्याउन दिन्न : कुषि मन्त्री
- नेचर खबर

कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनालले कुनै पनि हालतमा स्वास्थ्य परिक्षण नगरी खसीबोका नेपाल ल्याउन नदिने बताएका छन् ।
बुधबार काठमाडौंमा भएको सार्वजनिक निजी उत्पादक साझेदारी मोडेलमा बधशाला निर्माण सम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री खनालले भने , ’संसार भरिका रोग हुल्ने गरि नेपालमा स्वस्थ परिक्षण नगरी खसीबोका ल्याउन त दिदैनौ ।’
नेपाल विश्व स्वास्थ संगठनमा गएको रास्ट्र भएकोले खसीबोका आयातमा प्रतिबन्द नलगाएको भन्दै मन्त्री खनालले स्वस्थ र निरोगी खसीबोका मात्र ल्याउन दिने जानकारी दिए । निरोगिताको प्रमाणपत्रका आधारमा आयात गर्न आग्रह गर्दा केही व्यावसायिले घेराबन्दी गर्न खोजेको मन्त्री खनालको भनाइ थियो ।
’दशैमा त देख्लास भनेका छन्, मन्त्री खनालले भन्नू भयो, ’मैले केही फरक पर्दैन, केही कम खाइएला नभए कुखुरामा हामी आत्म निर्भर छौ त्यसैमा जोड गर्नु पर्ला भनेको छु ।’
हाम्रो उत्पादन प्रयाप्त भए आयात गर्न नपर्ने भएकोले आफै उत्पादनमा जोड दिएर र स्वस्थकर खान सकिने मन्त्री खनालले बताए ।
कार्यक्रममा हेफर नेपालले बिराटनगर, बुटवल, पोखरा, भरतपुर र कोहलपुरमा ५ वटा आधुनिक बधशाला निर्माण गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ ।
त्यसका लागि भौतिक संरचना निर्माणका लागि स्थानीय र प्रदेश सरकारबाट ३२ करोड र खसी बाख्रा उत्पादक महिला किसान र मासु व्यवशायीको तर्फबाट २२ करोड भन्दा बढीको सेयर लगानीको प्रतिबद्धता आएको हेफर्ले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस