‘ध्वाँसे चितुवा’ जोगाउन गरौं पब्लिक भोटिङ

नेपालले तयार गरेको ‘ध्वाँसे चितुवा’ संरक्षणसम्बन्धी प्रस्तावना विश्वभरमा उत्कृष्ट ५ भित्र परेको छ। ‘युरोपियन आउटडोर कन्जरभेसन एसोसिएसन’ का विज्ञ समूहले मूल्याङ्कन गरेर ‘पहाड तथा वन’ समूह अन्तर्गत यस प्रस्तावनालाई उत्कृष्ट ५ भित्र पारेको हो। यसलाई पब्लिक भोटिङका लागि राखिएको छ।

अनलाइन भोटको आधारमा उत्कृष्ट एकमा परे ‘प्रकृतिका साथीहरू’ संस्थाले करिब ३७ लाख बराबरको अनुदान पाउने छ। त्यो रकम कास्की जिल्लाको मादी गाउँपालिकामा ध्वाँसे चितुवा संरक्षणको लागि खर्च गरिनेछ। विशेष गरी सिक्लेस, ताङतीङ लगायतका गाउँहरू सो सहयोगबाट लाभान्वित हुनेछन्। सो प्रोजेक्टको नेतृत्व नेपालबाट अनुसन्धान र संरक्षण क्षेत्रमा स्थापित यादव घिमिरे र राजु आचार्यले गरिरहेका छन्।

नेपालमा पाइने १२ प्रजातिका बिरालो प्रजातिहरूमध्ये यो प्रजाति लजालु स्वभावको हुन्छ। धेरै जसो समय रुखमा बिताउने यसले बाँदरलाईसमेत रुखमै मार्न सक्छ। मानिस र बाँदर बिचको द्वन्द्व कम गराउन सहयोग गर्छ तर वन विनाश, डढेलो, चोरी सिकारी , अवैध व्यापार यी प्रजाति संरक्षणका लागि चुनौतीका रूपमा देखिएका छन्।

ध्वाँसे चितुवा राति मात्र सक्रिय हुन्छ। धेरै जसो रुखहरूमा बिताउने यो प्रजातिलाई कतै कतै टोड्के बाघसमेत भनेर चिनिन्छ।

यसरी तलको  तलको  लिङ्क क्लिक गरेर भोट गर्ने सकिन्छ । प्रोटेक्ट द क्लाउडेड लियोपार्ड भनिएको दोस्रो प्रोजेक्ट नेपालको हो।

https://www.outdoorconservation.eu/project-voting-category.cfm?catid=5&fbclid=IwAR0Fmt8hRopCdLRbBWYODKdhGrbRQBDPDZLoR6Z1MkCQApUWjueblJghJvA

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics