कोरोना भाइरसबाट पहिलो पटक फिलिपिन्समा एक जनाको मृत्यु

चीनबाट फैलिएको कोरोना भाइरसका कारण फिलिपिन्समा एक जनाको मृत्यु भएको छ। चीनको भारस प्रभावित राज्य हुबेइबाट स्वदेश फर्किएका ४४ वर्षीय फिलिपिनी नागरिकको आईतबार भाइरसका कारण मृत्यु भएको हो।

विश्व स्वास्थ्य संगठनका फिलिपिन्स प्रतिनिधि रविन्द्र अबेयासिंघेका अनुसार चीनबाहेक अन्य देशमा कोरोना भाइरसबाट ज्यान गएको यो पहिलो घटना हो।

भाइरसका कारण चीनमा अहिलेसम्म कम्तिमा ३०४ जनाले ज्यान गुमाइसकेका छन्। यसको नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics