चन्द्रागिरि हिल्सको केबुलकार बन्द



विश्वभर फैलिएको कोभिड(१९ को महामारीको रोकथाम तथा नियन्त्रणका लागि आफ्नो केबुलकार सेवालाई बन्द गरेको छ । सरकारले अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवालाई बन्द गर्ने निर्णय गरेसँगै चन्द्रागिरि हिल्सले पनि केबालबार बन्द गरेको हो ।

चन्द्रागिरिले आइतबार सूचना प्रकाशित गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि आफ्ना सम्पूर्ण सेवा बन्द गरिएको जानकारी दिएको छ। यस्तै मनकामना केबुलकारले समेत केही दिन अघि नै कोरोनाको महामारी फैलनसक्ने सम्भावना रहेको भन्दै आफ्ना सेवालाई बन्द गरिसकेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै अत्यावश्यक बाहेका सबै सेवा चैत २१ गतेसम्मका लागि बन्द गर्ने घोषणा गरेका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics