फेकोफनको १४ सय भवनलाई क्वरेन्टाइन प्रयोग गर्ने दिने घोषणा



सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) ले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमण रोक्न मुलुकभरका सामुदायिक वन उपभोक्ता समूहका भवन क्वरेन्टाइनका प्रयोग गर्ने दिने घोषणा गरेको छ ।

फेकोफनले एक हजार ३९८ भवन क्वरेन्टाइनका रुपमा प्रयोग गर्न सकिने घोषणा गरेको हो । फेकोफनले सातै प्रदेशमा रहेका सामुदायिक वन उपभोक्ता समूहका भवन मध्ये प्रदेश नं. १ मा १२४, प्रदेश नं. २ मा ५५, वाग्मती प्रदेशमा २६८, गण्डकी प्रदेशमा २१६, प्रदेश नं. ५ मा ३११, कर्णाली प्रदेशमा ८४ र सुदूरपश्चिम प्रदेशमा रहेका ३४० गरी एक हजार ३९८ भवन क्वरेन्टाइनका लागि प्रयोग गर्न सकिने जनाएको छ ।

त्यस्तै, साथै सङ्घीय महासङ्घको एक, प्रदेश महासङ्घको दुई र जिल्ला महासङ्घको १० गरी थप १३ भवन पनि क्वरेन्टाइनका लागि प्रयोग गर्न सकिने अध्यक्ष पाठकले जानकारी दिइन ।

फेकोफनको अध्यक्ष भारती पाठकले सातै प्रदेशमा रहेका उक्त भवन तीनै तहका सरकारले फेकोफन र सम्बन्धित सामुदायिक उपभोक्ता समूहहरुसँग समन्वय गरी क्वरेन्टाइनका लागि प्रयोग गर्न सक्ने बताइन् ।

देशभर कुल २२ हजार २६६ सामुदायिक वन उपभोक्ता समूह छन् । फेकोफनको केन्द्रिय कोषाध्यक्ष थाकुर भण्डारीले विपदको समयमा सबै जिम्मेवारी भयौ भने सामाधनमा सफलता पाइने बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics