कोरोना भाइरस रोकथामका लागि बायो टेक्नोलोजिस्टको भूमिका

विश्व कारोना भाइरसको लडाईमा रहेको समयमा नेपाल पनि कोरोना भाइरस दोस्रो चरणमा प्रवेश गरेको छ । नेपाल पनि कोरोना विरुद्धको लडाइँमा होमिएको छ । देशमा सङ्क्रमणको पहिलो केस पहिचान भए देखीे संक्रमितहरुको संख्या ९ जनामा रहेको छ । नेपाल कोरोण भाइरसको उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले केहि महिना अघि नै उल्लेख गरिसकेको छ ।

बाहिरबाट आएका संक्रमितबाट स्थानीयमा सरेको संक्रमण (लोकल लेभल स्प्रेड) एकजनामा देखिएसँगै हामी महामारीको दोस्रो चरणमा प्रवेश गरेका छौं । यो पछिको चरण समुदायमा निकौ खतरा देखिन्छ । त्यस्लै पनि जतिसक्दो धेरैजनालाई परिक्षण गरिनुपर्ने आजको आवश्यकता हो । नेपाल चीन र भारताको छिमेकी राष्ट्र भएकोले पनि कारोनाको उच्च जोखिम रहेको छ ।

खुला सिमानाका कारण भारतबाट कोरोनाको संक्रमणको जोखिम उच्च रहेको नेपाल सरकारकले निष्कर्ष निकालेको छ । भारतमा तीव्र गतिमा फैलिरहेको कोरोनाको प्रभाव नेपालमा पनि उस्तै खतरा रहेको छ ।हालको सन्दर्भमा कोरोना भाइरसको रोकथापको लागि बायो टेक्नोलोजिस्टको सहभागि न्यून रहेको पाइएको छ ।

प्रधानमन्त्रीको नेतृत्वमा अतिरिक्त, आम जनसमुदाय, राजनीतिककर्मी, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय तथा स्वास्थ्यकर्मीहरुको संयुक्त ‘कमाण्ड’को रुपमा ‘कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)’ स्थापना गरिएको छ ।

कोरोना संकट व्यवस्थापन केन्द्रमा शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयलाई समावेश गरेको पाइदैन । स्वास्थ्य मन्त्रालयमा नेतृत्वमा कोरोना भाइरस सम्बन्धी उपचारको राम्रो कामहरु भइरहेको छ । शिक्षा, विज्ञान र प्रविधि कुनै पनि क्षेत्रलाई निकै आवश्यक पर्छ तर यसलाई समावेश नगर्दा हामी कोरोना भाइरस सँगको लडाईमा कसरी सफल हुन्छौं ?

कारोना भाइरस एउटा भाइरस हो जसको बायो टेक्नोलोजिसँग प्रत्यक्ष रुपमा सम्बन्ध हुन्छ तर नेपालमा बायो टेक्नोलिजिस्टिको सहभागि नै नभएको पाइएकोे अनुभव गरेका छौं ।

हाल नेपालमा ६ सय जना बायो टेक्नोलिनस्टको जनशक्ति नेपालमा भएको देखिन्छ । लकडाउनको समय अवधि बढाइरहेको तर नेपालमा कोरोण भाइरसको संक्रमिताको परिक्षण थौरैमा करिब एक प्रतिशतमा पनि परिक्षण भएको छैन।

लकडाउनको अवधिसँगै परिक्षण तीव्र  गतिमा हुन जरुरी छ । विश्व स्वास्थ्य संगठनले पनि जति सक्दो धेरैमा कोरोना भाइरस परिक्षण गर्न सुझाव दिएको छ ।

बायोटेकनोलोजिस्ट जनशक्ति नेपालमा भएपनि मलिकुलर डाइगोनिस्ट गर्ने लाइसेन्स नभएकोले कामको पहिचान हुन गाह्रो देखिन्छ । नेपाल सरकारमा रहेको र विश्वविद्यालयको बायोटेकनोलोजिको ल्याब प्रयोग गरियो दैनिक हजारौंको संख्यामा परिक्षण गर्न सकिन्छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्रयोगशालामा परिक्षणको लोड बढेको खण्डमा परिक्षण गर्नका लागि मोलिकुलर परिक्षणमा दखल भएका विज्ञहरुको आवश्यकता पर्न सक्ने हुदा इच्छुक स्वयँसेवकहरुले प्रयोगशालमा जानकारीका लागि सूचना जारी गरेको छ ।

यस्तो कोरोनाको महामारिको समयमा दक्ष जनशक्तिलाई यसरी स्वयँसेवक रुपमा माग्नु आफैमा गलत हो । दक्ष जनशक्तिको प्रयोग लागि सरकारले करारको रुपमा राख्न सक्ने एउटा विकल्पको बाटे हुन सक्छ ।विश्वमा अहिले हरेक देशले बायोटेकनोलोजिस्टको प्रयोग गरेको छ नेपालको पनि समयमा ध्यानजान आवश्यक छ ।

मुनंकर्मी बायो टेक्नोलोजिस्ट सोसाइटिको अध्यक्ष हुन ।

नवीन नारायण मुनंकर्मी

प्रतिक्रिया दिनुहोस

web
analytics