कीराको बथानले नेपालमा त्रास फैलँदै
- नेचर खबर
सिंगो मानव जाति कोभिड १९ को महामारीविरुद्ध संघर्ष गरिरहेका बेला भारतका किसानलाई करोडौं कीराहरुले दुख दिएका छन् ।
करोडौंको संख्यामा रहेका फट्याङ्ग्रे कीराको बथानले भारतका किसानहरुको अन्नबाली नष्ट पारिदिन थालेको छ । यो सलहका बथान अफ्रिकी देशबाट पाकिस्तान हुँदै भारतको उत्तरी क्षेत्रतर्फ उडिरहेका छन् । राजस्थान, जयपुर लगायत क्षेत्रका किसानको अन्नबाली ती कीराले नष्ट पारिदिन थालेका हुन् ।
भारतमा कोभिड १९ महामारीबाट खाद्य संकटको जोखिम बढिरहेका बेला अचानक आएका सलाहका बथान थप चुनौती बन्न पुगेका छन् । यी कीराहरु ४ करोडको झुण्डमा उड्ने गर्छन् । पछिल्लो समय भारतमा लाखौँ हेक्टर जमिनमा बाली नष्ट पार्दै घरआँगनमा समेत यी कीरा व्याप्त देखिएका छन् ।
यस्ता कीराले कसरी बाली नष्ट पारिरहेका छन् भन्ने दृश्य र भिडिओ समेत सामाजिक सञ्जालमा भाइरल बनेका छन् । भारतमा देखिएको यो समस्याप्रति विश्व खाद्य कृषि संगठन लगायत कृषि सम्बन्त्री निकायले चासो र चिन्ता देखाएका छन् ।
विज्ञहरु यस समस्याबाट कसरी मुक्त हुने उपायको खोजीमा छन् । अघिल्लो वर्ष साउदी अरब र यमनका भूभागमा यस्तै सलहको प्रकोपले खाद्य संकट नै पैदा भएको थियो । यसपटक भारतमा ठूलो संख्यामा रहेका किसानको अन्नबाली नष्ट गर्न थालेका छन् । यसअघि पाकिस्तानमा पनि यसको प्रकोप बढेपछि त्यहाँ राष्ट्रिय संकट घोषणा गरिएको थियो ।
अहिले भारतका उत्तरी क्षेत्रमा यस्ता कीराले बाली नष्ट गरिरहँदा नेपालतर्फ बढ्न सक्ने चिन्ता विज्ञहरुको छ । नेपालको समिा नजिकै पर्ने जयपुरमा यसको असर देखिएपछि नेपालतर्फ पनि यी कीरा पुग्नसक्ने बताइएको छ । त्यसो त, झण्डै २५ वर्षअघि नेपालमा पनि यस्तै प्रकेतिका सलहले बाली नष्ट गरेको बताइन्छ
अन्नपूर्ण पोष्टबाट
प्रतिक्रिया दिनुहोस