सामुदायिक वनको २५ वर्ष

सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) २५ वर्षको यात्रा पुरा गरेसँगै यस अवधीमो विभिन्न उपलब्धी हासिल गरेको छ ।

सशक्त नागरिक संगठनः, हरियाली वन क्षेत्रको विस्तार , शान्तिपूर्ण आन्दोलन , समावेशी संरचनाको नमुना, नेतृत्व विकास र सञ्जाल निर्माण, सवालगत अभियानमा महासंघ र सामाजिक परिवर्तनको सम्वाहक फेकोफनको प्रमुख उपलब्धी हो ।

२५ वर्ष अवसरमा सबैजना उपभोक्ताले करेसा बारी तथा बारीमा कम्तिमा एक विरुवा गरेर २८ लाख विरुवा विक्षारोपण गर्ने घोषण गरेको छ । २५ वर्षमा ६ वटा राष्ट्रिय महाधिवेशन, एउटा विशेष महाधिवेशन र ७ वटा राष्ट्रिय परिषद सम्पन्न गर्दै राज्य पुनरसंरचना अनुरार संगठनलाई संघ, प्रदेश, जिल्ला र स्थानीय स्तरमा विस्तार र सुदृढ गर्दै आएको फेकोफनले जनाएको छ ।

यसरी पच्चिस वर्षको अवधिमा महासंघले आफूलाई नेपालको वन क्षेत्रमा एक जिम्मेवार, सशक्त, समावेशी र लोकतान्त्रिक नागरिक समाजको रुपमा स्थापित हुन र परिचित गराउन सफल भएको सामुदायिक वन उपभोक्ता महासंघ अध्यक्ष भारती पाठकले बताइन ।

पच्चीस वर्षका उपलब्धिहरु यस्तो छ

सशक्त नागरिक संगठन

सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल देश र विश्वमा नै एउटा सशक्त नागरिक संगठनका रुपमा स्थापित भएको छ । गाउँ तहदेखि, जिल्ला ,प्रदेश हुँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा महासंघको सञ्जाल र नेतृत्व रहेको छ । स्थानीय स्तरदेखि अन्तर्राष्ट्रिय स्तरसम्ममा सञ्जाल निर्माण गर्नु, सहयोग आदानप्रदान गर्नु यस संगठनको विशेषता रहेको छ ।

हरियाली वन क्षेत्रको विस्तार

सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले गएको पच्चीस वर्षमा गरेको संघर्ष, आन्दोलन अभियान र पैरवीको कारणले नै आज सामुदायिक वनको देशव्यापी विस्तार सम्भव भएको हो । महासंघले सामुदायिक वन उपभोक्ता समूह गठन र सामुदायिक वन हस्तान्तरणका लागि सरकारलाई निरन्तर दवाव र सहयोग गर्दै आएको हो ।

शान्तिपूर्ण आन्दोलन

महासंघको विगत पच्चीस वर्षको संघर्ष, आन्दोलन, जन आन्दोलनमा सहभागिता, पैरवी र संवादबाट पनि नीति र व्यवस्था परिवर्तन संभव छ भन्ने प्रमाणित गर्नु अर्को महत्वपूर्ण उपलब्धि हो । वि.स. २०६२-२०६३ जन आन्दोलनमा सामुदायिक वन उपभोक्ता महासंघले देशभरका सामुदायिक वन उपभोक्ता समूहहरुलाई राजनीतिक दलहरुसँगै शान्तिपूर्ण आन्दोलनमा होमेको थियो । फलस्वरुप आज देशमा लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्था स्थापित भएको छ । लोकतान्त्रिक अभ्यास गर्दा विभाजन प्रयास पनि असफल हुन्छ भन्ने कुरा देखाएको छ ।

समावेशी संरचनाको नमुना

महासंघले पचास प्रतिशत महिला सहभागिताका लागि विधानमै व्यवस्था गरेर लागु गरेको छ । दलित, जनजाति, गरिव, विपन्न वर्ग तथा क्षेत्रगत प्रतिनिधित्वको व्यवस्था विधानमै गरेको थियो । अहिले आएर यो महिला सहभागिता र समाबेशीकरणको मुद्दा नेपालको नयाँ संविधान, राजनीतिक तथा प्रशासनिक संरचना, नागरिक तथा नीजि क्षेत्रका संगठनका पनि वैधानिक व्यवस्था लागु गर्न थालिएको छ ।

नेतृत्व विकास र सञ्जाल निर्माण

महासंघले स्थानीय तहदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहसम्म नेतृत्व विकास गर्न र सञ्जाल निर्माण हुनु महत्वपूर्ण उपलब्धि हो । सामुदायिक वन र महासंघमा राखिएको नेतृत्वले सरकार र संसदीय क्षेत्रमा समेत निर्वाचित हुने अवसर प्राप्त गरेको अवस्था छ ।

सवालगत अभियानमा महासंघ

सामुदायिक वन उपभोक्ता महासंघले गएको पच्चीस वर्षदेखि उठाउँदै आएको सवाल र मुद्दाहरु अझै सम्बोधन हुन सकेका छैनन् । वनको व्यवस्थापन दिगो कि वैज्ञानिक भन्ने विषयमा सरकार र महासंघ तथा विज्ञको बीचमा विवाद अहिले पनि कायमै छ त्यसै गरी चुरे व्यवस्थापन, संरक्षण क्षेत्र, निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा समुदायको अधिकार सुनिश्चीत गर्ने अभियान निरन्तर चलिरहेको छ । सामुदायिक वन वाट लिन खोजिएको तेहेरोकर लगाइतका विषयमा सरकार संग नियमित पैरवी र छलफल भैरहेको छ ।

सामाजिक परिवर्तनको सम्वाहक

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल समाज रुपान्तरणको मेरुडण्डको रुमा काम गरेको छ विशेष गरेर समुदायमा शिक्षा, स्वस्थ्य, खानेपानी तथा सरसफाई, महिला शसक्तीकरण, गरिव विपन्न वर्गको जिविकोपार्जनमा सहयोग लगाएतका विषयमा सामुदायिक वन उपभोक्ता समुहलाई सहजिकरण गर्ने र अभियान सन्चालन गर्ने गरेको छ ।

देशभर २२,२६६ सामुदायिक वन हस्तान्तरण भएका छन जसमा २९,०७,८७१ घरधुरीले २२,३७,६७० हेक्टर व्यवस्थापन गर्दै आएका छन ।

सामुदायिक वन उपभोक्ता समुहहरुले कोरोना रोकथाम लडाईमा लकडाउनलाई कार्यान्वयन, सचेतना अभिवृद्धि, क्वारेन्टाइनको लागि सामुदायिक वनको भवन उपलव्ध गराउने, समुह भित्र रहेका गरिब विपन्न, दैनिक ज्यालादारी गरेर खाने वर्गको लागि खाद्यन्न तथा सरसफाइको समाग्री सहयोग, स्थानिय सरकारको विपद व्यवस्थापन कोषमा नगद सहयोग गर्दै वनमा भएको आगलागि तथा चोरी तस्करी नियन्त्रणमा समेत सकृय भुमिका साथ काम भैरहेको छ ।  समूहको २४वटा भवन  क्‍वारेन्टाइनको प्रयोग भइसकेको छ ।

सामुदायिक वन उपभोक्ता समूहहरुको वनमाथिको अधिकार स्थापना, संरक्षण एवं प्रवद्र्धन गर्ने तथा उपभोक्ता समूहको क्षमता र नेतृत्व विकास गर्ने लक्ष्य सहित २०५२ साल जेठ १८ गते स्थापना भएको सामुदायिक वन उपभोक्ता महासंघ नेपाल देशभर रहेका सामुदायिक वन उपभोक्ता समूहहरुको प्रतिनिधिमूलक छाता संगठन हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics