यस्ता छन् सामुदायिक वनका चुनौतीहरु

नेपालको सामुदायिक वन विश्वभरी नै नमुनाको सिकाई केन्द्रको रुपमा विकास भएको छ ।  सामुदायिक वनले  नेपालमा थुपै उपलब्धिहरु हासिल गरेको छ जस्तै : समृद्धी र रोजगारी श्रृजना, दिगो विकास लक्ष्यमा सामुदायिक वनको योगदान, कोभिड १९ मा गरेको सहयोग, नेतृत्व विकास र सञ्जाल निर्माण, समावेशी संरचनाको नमुना, समावेशी संरचनाको नमुना, हरियाली वन क्षेत्रको विस्तार र सामुदायिक वन उपभोक्ता समूह गठन र हस्तान्तरण ।नेपाललाई सामुदायिक वनको देश भनेर चिनिन्न थालिएको छ ।

सामुदायिक वन उपभोक्ता समुहले वर्षैदेखि उठाउँदै आएको सवाल र मुद्दाहरु केहि सम्वोधन हुदै गएका छन भने केहि अझै सम्बोधन हुन सकेका छैनन् । यस्ता छन् सामुदायिक वनका चुनौतीहरु :

कार्ययोजना परिमार्जनः  करिब ६००० सामुदायिक वन उपभोक्ता समुहका कार्ययोजनाहरु परिमार्जन हुन सकिराखेका छैनन जसका कारण सामुदायिक वनले नियमित रुपमा वन व्यवस्थावन गर्न वाट वन्चीत रहेका छन ।

दिगो वन व्यवस्थापनः वनको व्यवस्थापन दिगो कि वैज्ञानिक भन्ने विषयमा सरकार र समुदाय तथा विज्ञको बीचमा विवाद अहिले पनि कायमै छ । वनको दिगो व्यवस्थापन नै नेपालको निम्ती उच्चतम सिद्धान्त भएको सामुदायिक वनहरुको माग रहेको छ । तर प्राविधिक र आर्थिक चलखेलका कारण समस्या रहिरहेको छ ।

निकुञ्ज आरक्षण तथा संरक्षण क्षेत्रः देश संघीय लोकतान्त्रीक गणतन्त्रमा गए पनि चुरे व्यवस्थापन, संरक्षण क्षेत्र, निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा समुदायको अधिकार प्राप्त हुन सकिरहेको छैन । उत्त क्षेत्रमा अधिकार सुनिश्चीत गर्ने अभियान निरन्तर चलिरहेको छ ।

तेहेरो करः सरकारले सामुदायिक वनवाट लिन खोजिएको तेहेरो कर मध्ये संघिय सरकारले लिई रहेको १५ प्रतिशत कर हटाए पनि केहि प्रदेश र स्थानिय सरकारमा पुन व्यवस्था गरिएकोले उक्त कर सामुदायिक वनको लागि समस्या भएको छ ।
उद्यम स्थापनाः सामुदायिक वन मार्फत उद्यम सन्चालन गर्ने प्रशस्त सम्भावनाहरु भएपनि दुरी लगाएतका अन्य झन्झटले गर्दा उद्यम विकास र विस्तार गर्न सकिरहेका छैनन ।

चितवन राष्ट्रिय निकुञ्जमा घटेको घटनाः हालै मात्र चितवन राष्ट्रिय निकुञ्जमा घटेको घटनाले स्तव्ध वनाएको छ उक्त घटनाको निश्पक्ष छानविन गरि दोषीलाई कारवाहि गर्न, पिडितलाई क्षतिपुर्ति दिन, यस्ता घटना नदोहोरिन र स्थानिय समुदायको अधिकार सुनिश्चित गर्न समेत माग सामुदायिक उभभोक्त समूहको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics