बाग्लुङमा पहिरोले ५ घर पुर्‍यो



पहिरोले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा पाँच घर पुरिएको छ । अविरल वर्षाका कारण सोमबार बिहान पाँच घर पुरिएको हो ।

पहिरोले घर पुरिँदा ६१ वर्षीय हरिकृष्ण पौडेल बेपत्ता भएका जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले जानकारी दिए । उद्धार कार्यमा नेपाली सेना, प्रहरी र स्थानीय खटिएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics