कृषिमन्त्री अर्याल भन्छिन्, ‘पहिलो सलाम किसानलाई’

A+ A-



कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने बताएकी छन् । गृहजिल्ला स्याङ्जाको गल्याङस्थित सार्वजानिक माध्यमिक विद्यालयमा प्राविधिक शिक्षालयको साझेदारीमा व्यवसायिक उत्पादन शुभारम्भ गर्दै मन्त्री अर्यालले बताएकी हुन ।

विगतमा काम गरिनेखाने वर्गलाई हेलाहोचो गर्ने संस्कार परिर्वतन हुदै आएको भन्दै उनले अहिले ती गलत कुराहरु परिवर्तन हुदै किसानलाई सम्मान गर्ने संस्कारको विकास हुदै गएको बताइन। किसानलाई सम्मान गर्ने संस्कृतिको विकास भएको बताउदै मन्त्री अर्यालले भनिन, ‘कृषि कर्म गर्नेलाई होच्याउने होईन हामीले सलाम गर्नुपर्छ । हिजोको सामन्तवादी सोँचलाई परिर्वतन गर्नुपर्छ ।’

कृषिकै माध्यमबाट देशलाई समृद्ध बनाउन सकिने भन्दै उनले कृषिमा आधुनिकिकरण, यान्त्रिकीकरण, व्यवसायीकरणका लागी सरकार विशेष कार्यक्रमका साथ अगाडि बढेको बताइन। काम नगर्नेलाई ज्यूहजुर गर्ने र काम गर्नेलाई हेला गर्ने होच्याउने संस्कार सामान्तवादी संस्कार भएको भन्दै मन्त्री अर्यालले हिजोका ती गलत संस्कार परिर्वतन भएको उल्लेख गरिन। कृषकलाई व्यवसायिकरणमा आकर्षित गर्न राज्यले विभिन्न कार्यक्रमहरु ल्याउने जानकारी दिइन । ‘कृषि मन्त्रालयले कृषि तथा पशुको विकासका लागी विभिन्न अनुदान र सहुलियतका कार्यक्रमहरु ल्याएको छ । कृषकको खेतबारीमै सरकार जोडिनेछ’, मन्त्री अर्यालले भनिन ।

माटो र हावापनी सुहाउँदो कृषि प्रणालीलाई अबलम्बन गर्नुपर्ने भन्दै उनले कृषिमा प्रविधिको अधिकतम उपयोग गरी कृषि क्रान्ती गर्ने बताइन । नयाँ सोच र प्रविधिका साथ सरकार अगाडि बढेको भन्दै स्याङ्जा जिल्लामा कृषिको विकासका लागी प्रतिवद्धता व्यक्त गरिन । ‘एक पालिका एक उत्पादन’का साथ जिल्लालाई कृषिका माध्यमबाट समृद्ध बनाइने समेत उनको भनाई थियो । स्याङ्जामा सुन्तला र कफीको जोन बनाउने कार्य कार्यान्वयन भईरहेको भन्दै अन्य फलफुल तथा तरकारीको जोन बनाइने बताइन । त्यस क्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्र्तगत मन्त्री अर्यालले १० लाख रुपैयाँको चेक विद्यालयलाई हस्तान्तरण गरेकी थिइन । त्यस्तै छात्राहरुका लागी मन्त्री अर्यालले सेनिटरी प्याड बनाउने मेशिन र पिउने पानीका लागी युरोगार्ड हस्तान्तरण गरिन ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics