प्रकृति, माहामारी र वातावरण संरक्षण

'पारिस्थितिक प्रणालीको पुनः स्थापना” भन्ने नाराका साथ   आज  विश्व वातावरण दिवश मनाइदै छ ।एकातिर विश्व कोभिड—१९ को महामारीका कारण त्राहिमाम त्राहिमामको अवस्थामा छ भने अर्कोतिर वातावरण विध, प्रकृति प्रेमी तथा संरक्षण कर्मीहरु वातावरण संरक्षण अभियानमा व्यस्त छन् । सदा झै यस वर्ष पनि विश्व भर विविध कार्यक्रम सहित यो दिवश मनाइदै छ । तर यस पल्ट महामारीका कारण भौतिक उपस्थिति असुरक्षित भएकोले अनलाइन माध्यमबाटै विविध कार्यक्रमहरु सञ्चालन गरिदै छ । नेपालमा पनि यस दिन अनलाइन माध्यमबाट वातावरण संरक्षणका तस्विरहरुको प्रदर्शनी सभा, गोष्ठी, विचार विमर्श, चुनौति, भावी कदमका छलफल र बहस जस्ता कार्यक्रमहरुका साथ यो दिवश मनाउँदैछ ।

सुरक्षित वातावरण बिनाको मानव अस्तित्व असम्भव छ । क्षणिक लाभको लागी प्रकृतिको दोहन गर्नु कालिदासले रुखमा बसेर हाँगा काटे झै मुर्खता गर्नु सरह हुन्छ । विकासको नाममा गरिने विनासले हालको कोभिड—१९ जस्तै महामारी निम्त्याउँछ । फलतः मानव जातिको जीवन शैलीलाई छेड विछेड बनाइ जीवन र मरणको संघारमा पु¥याउँछ । जुन अहिले सारा मानव जातिले भोगी रहेका छन् ।

वातावरणको विनाशकै कारण सन् १९४१ देखि ३३५ भन्दा वढी संघातिक रोगहरु फैलिरहेको छ । विविध प्राकृतिक तथा मानविय स्वार्थका कारण वन विनास हुँदा लाखौं वन्यजन्तुहरुले उचित वासस्थान गुमाइरहेका छन् । त्यहाँ रहेका ति असंख्य जीवजन्तुहरु मानविय वस्ति तिर प्रेवश गरेका छन् । जसका कारण मानव र बन्यजन्तुहरुको द्वन्दका घटनाहरु बढ्दो क्रममा रहेको छ ।

साथै ति वन्यजन्तुको आगमनका कारण पशु जन्य रोगहरु मानव समुदायतिर फैलिरहेको छ । झन्दै ६० प्रतिशत संक्रामक रोगहरु जनावरबाट मानवमा सर्ने गरेको तथ्याङ्कहरुले देखाएको छ । ति मध्ये ७१ प्रतिशत रोगहरु वन्यजन्तुबाट सर्ने गरेको छ भने २९ प्रतिशत रोगहरु घर पालुवा जनावरबाट सर्ने गरेको छ । सन् १९९७ मा तेल उत्पादनको नाममा मलेसियाको घना जङ्गल फडानी हुँदा त्यहाँ भएका फलफुलमा आस्रित १७ प्रजातिका चमेराहरुको बासस्थान नष्ट भयो फलस्वरुप ति चमेराहरु मनविय बस्ति वरिपरिका फलफुलको वोटहरु झुम्मिए ।

यसरी चमेराहरुका विस्ता सहित झरेका फलफुलहरु वंगुर पालनमा प्रयोग गरियो । फलस्वरुप ति वंगुरहरुमा ”निपाह” नामक भाइरसको संक्रमण भयो र ति वंगुरहरुबाट वंगुर पाल्ने किसानहरु हुँदै माहामारीकारुपमा फैलियो । यस माहामारीको मृत्युदर ४० प्रतिशत रहयो जुन हालको कोभिड — १९ माहामारी (मृत्युदर औसत ४ प्रतिशत) भन्दा निकै उच्च रहेको थियो । सन् १९७४ देखि हरेक वर्ष वातावरण संरक्षण सम्वन्धि जनचेतना अभिवृद्धि गर्नका लागि जुन ५ तारेकका दिन वातावरण दिवश मनाउदै आइरहेको छ ।

अतः क्षणिक लोभ, लाभ, दवाब, राजनितिक गतिविधि या विकासका नाममा गरिने प्रकृतिको दोहन वा वातावरणको विनास गर्नु अगाडि विगतको इतिहासलाई सम्झौ। पाँचौं विध्वंसमा डाइनोसरहरु संसारबाट लोप भए । अब छैठौ विध्वंसमा सारा मानव जाति ब्रम्हाण्डबाट विलुप्त हुने अवस्था नआवस् । बेलैमा विवेक पु–याऔं । प्रकृतिसँग खेलवार नगरौं । वन वन्यजन्तु तथा वातावरणको संरक्षणमा ध्यान पु–याऔं ।

कर्माचार्य भक्तपुर बहुमुखी क्याम्पसको शिक्षण सहायक हुन  

दिक्पाल कर्माचार्य

प्रतिक्रिया दिनुहोस

web
analytics