विपद व्यवस्थापन सम्बन्धी विश्वविद्यालयको आवश्यक

नेपालमा अहिलेको सन्दर्भमा विपद व्यवस्थापन सम्बन्धी अध्ययन, अनुसन्धान र अनुगमन गर्ने विश्वविद्यालय नै आवश्यक रहेको छ ।

नेपाल गैर सरकारी संस्था महासंघ नेपालले बाढी, पहिरो र डुबान जस्ता मनसुनको समयमा आइपर्ने विपद्लाई न्यूनीकरण र व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल कार्यक्रममा विज्ञहरुले विपद व्यवस्थापन सम्बन्धी अध्ययन, अनुसन्धान र अनुगमन गर्ने विश्वविद्यालय नै आवश्यक रहेको बताएका छन्  ।

प्रत्येक प्रदेशमा विज्ञहरु सम्मिलित विपद व्यवस्थापन मन्च स्थापना गरी वार्षिकरुपमा सम्पुर्ण रुपमा विपदको पुर्वानुमान, अनुसन्धान वा विपद अडिट, पुर्वतयारी, र प्रतिकार्यको वैज्ञानिक प्रतिवेदन त्रैमासिक र अपडेट गर्नै पर्ने व्यवस्था गर्न सकिने विज्ञहरुको सुझाव दिएका छन् ।

कोभिड १९ ले आक्रान्त पारेको समयमा मनसुन चाँडै सक्रिय भएर धेरै ठाउँमा बाढी पहिरो जोखिम बढेकोमा सरकार तथा गैर सरकारी संस्था, समाजिक संस्थाको ध्यानाकर्षण र पूर्वतयारी हुनुपर्नेमा वक्ताहरुले जोड दिएका छन् ।

कार्यक्रममा जल तथा मौसम विज्ञ डा धर्म उप्रेतीले यो वर्ष अघिल्लो वर्षभन्दा दुइ दिन अघि नै मनसुन सक्रिय भएको बताए । उनका अनुसार ९० देखि १२० दिनको बिचमा धेरै पानी पर्ने जोखिम छ । ५ दिनमा केन्द्रीय नेपालमा विषेशगरी बाग्मती प्रदेशमा सबैभन्दा बढी पानी परेको उनले तथ्यांकमा देखाएका थिए । “यो अवस्थामा हामी सचेत हुन जरुरी छ । अहिलेको प्रमुख आवश्यकता भनेकै सूचनाको पहुँच र जोखिम नियन्त्रणको पूर्व तयारी हो, ”उनले भने ।
जनतालाई चाँडै सुरक्षित ठाउँमा सार्नुपर्ने, विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणमा वकालत गर्न,समुदायमा विपद् व्यवस्थापन सम्बन्धी जनचेतना फैलाउने कार्यक्रम गर्न जरुरी रहको उनको भनाई थियो । ।

नदी कटान, बाढी पहिरो, डुबान र कोभिड संकटलाई सरकारको ध्यानाकर्षण रहेको विपद् जोखिम न्यूनीकरण प्राधिकरणका उपसचिव वेदनिधि खनाले जानकारी दिए । वर्षा याममा पनि सडक बनिरहेका छन्, खोला नजिक घर बनिरहेको छ । अव्यवस्थित बस्ती, प्लटिङ बढी रहेको छ ।

नदीको बहाव क्षेत्र अतिक्रमण भइरहेको छ । सरकारले खुला स्थान कहाँ छ पहिचान गरी प्रणालीमा राखेको, पीडितलाई घर बनाइदिने तयारी पनि भइरहेको, हेलीप्याड, बारुद यन्त्र पनि प्रणालीमा ल्याउने तयारी गरिरहेको उनले बताए । सरकारले पूर्व तयारी हरेक वर्ष गर्दै आएको तर यसका बाबजुत पनि नागरिक सचेतना कार्यक्रमको कमी भएकाले यस्तो विकराल परिस्थिती निम्तने गरेको उनले बताए ।

प्रत्येक वर्ष प्राकृतिक प्रकोपबाट ठुलो मात्रामा जनधनको क्षति हुने गरेको छ । विपद्का कारण हरेक वर्ष ६ लाख ४० हजार व्यक्ति प्रभावित हुने गरका छन् । अन्तराष्ट्रिय गैर सरकारी संस्था पनि विपद व्यवस्थान समिती र स्थानीयसँगको सहकार्यमा लाग्ने विभिन्न अन्तराष्ट्रिय गैर सरकारी संस्थाका सरोकारवालाहरुले बताए ।

जोखिम न्यूनीकरण र विपद् व्यवस्थापनमा विपद्को सम्भावना भन्दा पहिला सूचना पु-याउन सके जोखिम केही हदसम्म नियन्त्रण हुन सक्ने पत्रकार महासंघका अध्यक्ष विपूल पोखरेलले बताए ।कसरी क्षतिग्रस्त क्षेत्रमा उद्धार पठाउने र दुर्गम क्षेत्रका मानिसलाई बाढि, पहिरोका बिरूद्ध तयारी अवस्थामा बस्ने भनेर सुसुचित गर्ने कुरामा प्राथमिकता हुनुपर्नेमा वक्ताहरुले जोड दिए ।

कार्यक्रमा वक्ताहरुबाट आपद विपदको बेला पिडितलाई मनोवैज्ञानीक उपचार र परामर्शका बारेपनि सोच्नु पर्ने, गर्भवती महिला, अपाङ्ग र बालबालिकालाई प्राथमिकतामा राख्न पर्ने, उपयोग योजना र मापदण्ड पुर्वतयारी र प्रतिकार्यमा क्षमता अभिवृद्धि विपद पुर्वसुचना प्रणाली, विपद सम्बन्धि अध्ययन, अनुसन्धान र परिक्षण विपद व्यवस्थापनका नयाँ नयाँ प्रविधी (हिमाली तथा पहाडी क्षेत्र उपयुक्त) जस्ता प्रतिक्रिया आएका थिए । कार्यक्रममा विभिन्न सरकारी गैरसरकारी निकायका सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics