निजामती पार्कमा वृक्षारोपण

राष्ट्रिय शहीद तथा शान्ति निजामती स्मारक पार्कमा वरिष्ठ सरकारी कर्मचारीले वृक्षारोपण  गरेका छन्। काठमाडौंको गोकर्णेश्वर नगरपालिका– ४- यज्ञडोलस्थित पार्कमा मुख्यसचिव शंकरदास वैरागी र विभिन्न मन्त्रालय-विभागका अधिकारीले बोट विरुवा रोपे।

‘ब्यूरो ८१’ को आयोजनामा भएको कार्यक्रम वहालवाला र सेवानिवृत्त कर्मचारी सहभागी भए। ब्यूरो ८१, २०४५मा निजामति सेवामा प्रवेश गरेका ८१ जना कर्मचारीहरुको संस्था हो।

मुख्यसचिव वैरागी प्रमुख अतिथि रहेको यही कार्यक्रमको अवसर पारेर सोही पार्कमा नेपालका पहिलो मुख्यसचिव चन्द्रबहादुर थापाको सम्झानामा शालिक शिलान्यास गरियो। थापा सोही क्षेत्रका स्थानीय समेत हुन्।

२०६२-६३को जनआन्दोलन पश्चात गोकर्णेश्वरमा ६ सय ५० रोपनी क्षेत्रमा राष्ट्रिय शहीद तथा शान्ति पार्क स्थापना भएको थियो। आठ वर्षअघि यो पार्क निजामती स्मारक पार्कका नाममा रुपान्तरण भएको थियो।   दिवसका अवसरमा वहालवाला र अवकासप्राप्त कर्मचारीले यहाँ वृक्षारोपण लगायतका कार्यक्रम गर्छन्।

पार्कको भौतिक संरचना निर्माणका लागि वन मन्त्रालयले २०७१मा १३ करोड ५० लाख रुपैयाँको बजेट प्रस्ताव गरेको थियो। पार्कको भौतिक संरचना निर्माण अझै बाँकी रहेकाले अब छिट्टै सम्पन्न हुने मुख्यसचिव वैरागीले बताए।

लेखकको बारेमा
नेचर खबर

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics